News Portal

रेडियो सुन्नुहोस्

गाउँपालिकाको टिमले गर्‍यो मार्सिवाङ खेलमैदान सरसफाई

बिबश जि.एम२०८० मंसिर १७
४०९ पटक
२०८० मंसिर १७

माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन गरेको प्रथम अध्यक्ष कप अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता समापन गरेपछि आज खेलमैदान सरसफाई गरेको हो ।

३ दिन सम्म चलेको कार्यक्रमले खेलमैदान वरपर फोहोर भएपछि आज गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रहरी, गाउँपालिकाका कर्मचारी सहितको टोलिले फोहोर उठाई एक ठाउँमा व्यवस्थापन गरेको माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए । उनका अनुसार खेल सुरु हुनुभन्दा अघि नै पालिकाले फोहोरको लागि खाडल तयार समेत गरिसकेको थियो । सोही खाडलमा आज उठाएका फोहोरलाई त्यही व्यवस्थापन गरिएको छ ।

खेल मैदानलाई स्वच्छ र राम्रो बनाउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै गाउँपालिका आफै खटिएर फोहोरलाई निश्चित ठाउँमा व्यवस्थापन गरिएका गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...