News Portal

रेडियो सुन्नुहोस्

गाउँपालिकाको टिमले गर्‍यो मार्सिवाङ खेलमैदान सरसफाई

बिबश जि.एम२०८० मंसिर १७
५६० पटक
२०८० मंसिर १७

माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन गरेको प्रथम अध्यक्ष कप अन्तर्गत राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता समापन गरेपछि आज खेलमैदान सरसफाई गरेको हो ।

३ दिन सम्म चलेको कार्यक्रमले खेलमैदान वरपर फोहोर भएपछि आज गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रहरी, गाउँपालिकाका कर्मचारी सहितको टोलिले फोहोर उठाई एक ठाउँमा व्यवस्थापन गरेको माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिए । उनका अनुसार खेल सुरु हुनुभन्दा अघि नै पालिकाले फोहोरको लागि खाडल तयार समेत गरिसकेको थियो । सोही खाडलमा आज उठाएका फोहोरलाई त्यही व्यवस्थापन गरिएको छ ।

खेल मैदानलाई स्वच्छ र राम्रो बनाउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै गाउँपालिका आफै खटिएर फोहोरलाई निश्चित ठाउँमा व्यवस्थापन गरिएका गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...