News Portal

रेडियो सुन्नुहोस्

रोटेखोला खानेपानी आयोजना मार्फत ८५ घरमा धारा जडान

बोम बहादुर परियार२०८० पुष ५
५८८ पटक
२०८० पुष ५

मल्लरानी गाउँपालिका –३ मा रहेको रोटेखोला खानेपानी आयोजना मार्फत पुर्वी प्यूठानको चँुजाठाटीमा बजारमा एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ । अहिले स्थानीयहरुले न्युनतम शुल्क तिरेर खानेपानी उपभोग गर्न पाएका छन् । २०७६ सालमा सांसद बिकास कोषबाट १९ लाख र खानेपानी डिभिजन कार्यालय प्यूठान बाट ४ लाख गरि २३ लाखमा काम थालनी गरी २०७८ सालमा काम सम्पन्न भएको थियो । जहाँ स्थानीयहरुले २० लाख वरावरको जनश्रमदान गरेका थिए ।

अहिले उक्त खानेपानी योजनाबाट चँुजाठाटीमा एक घर एक धारा सम्पन्न भएपछि स्थानीयहरु खुसी छन् । योजनाको काम सम्पन्न भएपछि अहिले ८५ वटा घरमा धारा  जडान गरिएको छ । उपभोक्ताहरुले प्रति युनिट १० रुपैयाको दरले पानी उपभोग गर्दै आएको खानेपानी आयोजना समितिका अध्यक्ष जिवन केसीले बताए । उक्त खानेपानी ऐरावती गाउपालिका – ६ र मल्लरानी गाउपालिका –२ का केहि स्थानीयहरुले समेत उपभोग गर्न पाएका छन् । साथै प्रत्य ेक घरमा खानेपानीको पहुच पु¥याउनको लागी आफुहरु लागेको मल्लरानी गाँउपालिका– ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...