News Portal

रेडियो सुन्नुहोस्

रोटेखोला खानेपानी आयोजना मार्फत ८५ घरमा धारा जडान

बोम बहादुर परियार२०८० पुष ५
४६५ पटक
२०८० पुष ५

मल्लरानी गाउँपालिका –३ मा रहेको रोटेखोला खानेपानी आयोजना मार्फत पुर्वी प्यूठानको चँुजाठाटीमा बजारमा एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ । अहिले स्थानीयहरुले न्युनतम शुल्क तिरेर खानेपानी उपभोग गर्न पाएका छन् । २०७६ सालमा सांसद बिकास कोषबाट १९ लाख र खानेपानी डिभिजन कार्यालय प्यूठान बाट ४ लाख गरि २३ लाखमा काम थालनी गरी २०७८ सालमा काम सम्पन्न भएको थियो । जहाँ स्थानीयहरुले २० लाख वरावरको जनश्रमदान गरेका थिए ।

अहिले उक्त खानेपानी योजनाबाट चँुजाठाटीमा एक घर एक धारा सम्पन्न भएपछि स्थानीयहरु खुसी छन् । योजनाको काम सम्पन्न भएपछि अहिले ८५ वटा घरमा धारा  जडान गरिएको छ । उपभोक्ताहरुले प्रति युनिट १० रुपैयाको दरले पानी उपभोग गर्दै आएको खानेपानी आयोजना समितिका अध्यक्ष जिवन केसीले बताए । उक्त खानेपानी ऐरावती गाउपालिका – ६ र मल्लरानी गाउपालिका –२ का केहि स्थानीयहरुले समेत उपभोग गर्न पाएका छन् । साथै प्रत्य ेक घरमा खानेपानीको पहुच पु¥याउनको लागी आफुहरु लागेको मल्लरानी गाँउपालिका– ३ का वडा अध्यक्ष नोमराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...