News Portal

रेडियो सुन्नुहोस्

बिजुवारको आँखा शिविरमा ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया

बिबश जि.एम२०८० पुस २०
६०६ पटक
२०८० पुस २०

प्यूठानमा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको आयोजनामा बिहिबार देखी सुरु भएको शिविर शुक्रबार सम्पन्न भएको हो । शिविर २ दिन चलेको अस्पतालले जनाएको छ ।

शिविरमा ३६ पुरुष र २९ महिला गरि ६५ जना आँखाको मोतिबिन्दु भएकाहरुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योती संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारकी प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताईन् । जिल्लाका स्थानीय तहहरुले आँखा अस्पताल सँग समन्वाय गरेपछि आँखा रोगीका विरामीहरुले सेवा लिएका छन् ।

जेष्ठ नागरिकका विरामीहरुलाई सहज रुपमा सेवा पाएको महसुस गराउन पछिल्लो समय जिल्लाका सबै स्थानीय तहहरुले आँखा अस्पताल सँग सहकार्य गरेर सेवा दिदै आएको छ । विरामीहरुले आफ्नो गाउँठाउँबाट सेवा लिएर आँखा देख्न सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...