News Portal

रेडियो सुन्नुहोस्

पहिरो पिडित बालबालिकालाई स्टेशनरी सामान सहयोग

राजेन्द्र रावत क्षेत्री २०८० माघ १०
५९९ पटक
२०८० माघ १०

प्यूठान
माण्डवी गाउँपालिका –२ धन्चौरका पहिरो पिडित बालबालिकालाई स्टेशनरी सामान हस्तान्तरण गरिएकाे छ ।

सामाजिक अभियन्ता अमृत खत्रीले स्टेशनरी सामान सहयोग गरेका हुन् । माण्डवी गाँउपालिका वडा नं.२ धन्चौरका अमृतले बुधबार आफ्नै गाँउको धन्चौरमा रहेको आधार प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्टेशनरी सामान प्रदान गरेका हुन् ।
धन्चौरमा गतवर्ष २०७९ असोज १८ देखि २२ गतेसम्म परेको अविरल वर्षाको कारण २२ गते राती धन्चौर गाँउ नै पहिरोमा बगेको थियो । उक्त पहिरोका कारण धन्चौर गाँउको झण्डै ४० घर परिवार विस्थापित भएका थिए। झण्डै विद्यार्थी विहिन बनेको विद्यालय खारेजको अवस्थामा रहेको आधार प्रा.वि धन्चौरमा अहिले १३ छात्रा र ९ छात्र गरी २२ जना बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक रिता अधिकारीले जानकारी दिइन् । विद्यालयमा आफुसहित १ जना बाल बिकास सहयोगी र कार्यालय सहयोगी गरी ३ जना कर्मचारी रहेको प्रधानाध्यापक अधिकारीले बताइन । गतवर्षको पहिरो पछि झण्डै २ महिना विद्यालय बन्द हुने अवस्थामा पुगेको उनी बताउँछिन। उनी भन्छिन्–त्यतिबेला सिंगो गाँउ नै रित्तिएर सुन्यको स्थितिमा थियो । बिस्थापित परिवारका बिच निरन्तरको घरदैलो र भेटघाटपछि बिस्तारै बालबालिकाहरु विद्यालय आउन थालेको उनले बताइन ।
अमृतले भारतमा रहँदा कामको सिलसिलामा आफुले पाउने मासिक तलबको १० प्रतिशत रकमबाट त्यस विद्यालयमा सहयोग गर्ने यस अघि नै घोषणा गरिसकेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...