News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८० फागुन १५
८०७ पटक
२०८० फागुन १५

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो ।

१५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा स्थानीय शिक्षा ऐन २०८०, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, स्वास्थ्य सेवा ऐन २०७८ पहिलो संशोधन र बालविकास केन्द्रको नाम परिवर्तन तथा कक्षा थप घट सम्बन्धी प्रस्ताव सामाजिक विकास समितिका संयोजक प्रकाश वलीले प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिकाको संस्था दर्ता ऐन २०७८ को पहिलो संशोधन आर्थिक विकास समिति संयोजक डिल बहादुर घर्तीले पेश गरेका थिए भने पेश भएका सबै प्रस्तावहरु सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाले जनाएको छ ।

सभाले कार्यसम्पादनको मुल्यांकन तथा योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा इन्जिनियर हेमराज बस्नेत, सूचना प्रविधि अधिकृत अनिल अधिकारी, सी.अ.हे.व नारायण जी.सी, खानेपानी तथा सरसफाई प्राविधिक कमल योगी, एम.आई .एस अपरेटर खिम बहादुर घर्ति, ना.प.से.प्रा कौशल अधिकारी, कार्यालय सहयोगी रुक बहादुर अधिकारी क्षेत्री, कार्यालय सहयोगी सुष्मा थापा र गाउँपालिका प्रहरी जवान दिपक थापा सहित ९ जना कर्मचारीहरुलाई नगद पुरस्कार र प्रमाण पत्रका साथ दोसल्लाले सम्मान गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...