News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८० फागुन १५
३९३ पटक
२०८० फागुन १५

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो ।

१५ औं गाउसभा एवं हिउँदे अधिवेशनको तेश्रो बैठकमा स्थानीय शिक्षा ऐन २०८०, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, स्वास्थ्य सेवा ऐन २०७८ पहिलो संशोधन र बालविकास केन्द्रको नाम परिवर्तन तथा कक्षा थप घट सम्बन्धी प्रस्ताव सामाजिक विकास समितिका संयोजक प्रकाश वलीले प्रस्तुत गरेका थिए । त्यस्तै गाउँपालिकाको संस्था दर्ता ऐन २०७८ को पहिलो संशोधन आर्थिक विकास समिति संयोजक डिल बहादुर घर्तीले पेश गरेका थिए भने पेश भएका सबै प्रस्तावहरु सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाले जनाएको छ ।

सभाले कार्यसम्पादनको मुल्यांकन तथा योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा इन्जिनियर हेमराज बस्नेत, सूचना प्रविधि अधिकृत अनिल अधिकारी, सी.अ.हे.व नारायण जी.सी, खानेपानी तथा सरसफाई प्राविधिक कमल योगी, एम.आई .एस अपरेटर खिम बहादुर घर्ति, ना.प.से.प्रा कौशल अधिकारी, कार्यालय सहयोगी रुक बहादुर अधिकारी क्षेत्री, कार्यालय सहयोगी सुष्मा थापा र गाउँपालिका प्रहरी जवान दिपक थापा सहित ९ जना कर्मचारीहरुलाई नगद पुरस्कार र प्रमाण पत्रका साथ दोसल्लाले सम्मान गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...