News Portal

रेडियो सुन्नुहोस्

दाङ प्युठान सीमाना बगासोतीमा सवारी दुर्घटना, २ जना घाइते

बोम वहादुर परियार२०८० चैत ७
८९१ पटक
२०८० चैत ७

दाङमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन । प्युठानदेखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिंदा दाङ र प्युठानको सीमाना नजिकै पर्ने बगासोतीमा दुर्घटना भएको हो ।

वुधवार बिहान राप्ती गाउँपालिका १ मा पर्ने वगासोतीमा भएको दुर्घटनामा मोटरसाइकल चालक सल्यान घर वताउँने ४८ वर्षिय खिम बुढा गम्भीर घाइते भएका छन । उनको टाउको र मुखमा चोट लागेको छ ।

घाइते खिम वुढालाई भालुवाङ अस्पतालमा सामान्य उपचार पश्चात सि ।टि स्क्यानका लागि वुटवल रिफर गरिएको भालुवाङ अस्पतालका डाक्टर सृजल श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलको पछाडी बसेका दाङ घर वताउँने २४ वर्षिय चितराम चौधरी सामान्य घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमै उपचार पश्चात घर पठाइएको छ ।

टाटा सुमोमा सवार सवै सकुसल रहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...