News Portal

रेडियो सुन्नुहोस्

दाङ प्युठान सीमाना बगासोतीमा सवारी दुर्घटना, २ जना घाइते

बोम वहादुर परियार२०८० चैत ७
९५२ पटक
२०८० चैत ७

दाङमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन । प्युठानदेखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिंदा दाङ र प्युठानको सीमाना नजिकै पर्ने बगासोतीमा दुर्घटना भएको हो ।

वुधवार बिहान राप्ती गाउँपालिका १ मा पर्ने वगासोतीमा भएको दुर्घटनामा मोटरसाइकल चालक सल्यान घर वताउँने ४८ वर्षिय खिम बुढा गम्भीर घाइते भएका छन । उनको टाउको र मुखमा चोट लागेको छ ।

घाइते खिम वुढालाई भालुवाङ अस्पतालमा सामान्य उपचार पश्चात सि ।टि स्क्यानका लागि वुटवल रिफर गरिएको भालुवाङ अस्पतालका डाक्टर सृजल श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलको पछाडी बसेका दाङ घर वताउँने २४ वर्षिय चितराम चौधरी सामान्य घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमै उपचार पश्चात घर पठाइएको छ ।

टाटा सुमोमा सवार सवै सकुसल रहेको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...