News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

झुलेनी नेटवर्क२०८१ वैशाख १३
४७४ पटक
२०८१ वैशाख १३

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार जिल्लाका ७५ स्थानमा आगलागी भएको छ। चैत र वैशाखको महिनामा गरी हालसम्म आगलागीका कारण ३५ घर र ६८ वटा गोठ जलेर नष्ट भएका छन्। त्यस्तै ५९ वनमा आगलागी भएको छ भने ९६ पशु चौपायाको जलेर मृत्यू भएको छ । १९ चौपाया घाईते छन भने ६९ पंक्षी जलेर नष्ट भएको तथ्यांक जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको छ।

दिउँसोमा समयमा चल्ने अत्यधिक हावाहुरीको बेला सावधानी नअपनाउँदा आगलागीका घट्नाहरु बढ्ने गरेका छन । सलाई,लाईटरजस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराख्न , जंगलमा सलाई तथा लाइटरको प्रयोग नगर्न र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रोसँग निभाउन र हावाहुरी चलेको समयमा सकेसम्म आगो नबाल्न तथा बाल्नै पर्ने भएमा सावधानी अपनाउन प्रहरीले सबैलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै केहि दिन अघि माण्डवी गाउँपालिका–३ देवीस्थान स्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा आगलागी भएको थियो ।
नेपालगन्जको गङ्गा गम रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले घाटगद्दीमा संकलन गरेर राखिएको खोटोमा आगलागी भएको हो । शनिबार दिउँसो २ बजेबाट सल्केको आगलागी आइतबार मात्र नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट ७ हजार ५ सय डिब्बा टिनमा संकलन गरेर राखिएको १ लाख २ हजार किलो खोटो जल्दा करिब ७६ लाख ५० हजार रुपैयाँ बराबरको खोटो जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...