News Portal

रेडियो सुन्नुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

झुलेनी नेटवर्क२०८१ वैशाख १३
६५१ पटक
२०८१ वैशाख १३

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार जिल्लाका ७५ स्थानमा आगलागी भएको छ। चैत र वैशाखको महिनामा गरी हालसम्म आगलागीका कारण ३५ घर र ६८ वटा गोठ जलेर नष्ट भएका छन्। त्यस्तै ५९ वनमा आगलागी भएको छ भने ९६ पशु चौपायाको जलेर मृत्यू भएको छ । १९ चौपाया घाईते छन भने ६९ पंक्षी जलेर नष्ट भएको तथ्यांक जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको छ।

दिउँसोमा समयमा चल्ने अत्यधिक हावाहुरीको बेला सावधानी नअपनाउँदा आगलागीका घट्नाहरु बढ्ने गरेका छन । सलाई,लाईटरजस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराख्न , जंगलमा सलाई तथा लाइटरको प्रयोग नगर्न र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रोसँग निभाउन र हावाहुरी चलेको समयमा सकेसम्म आगो नबाल्न तथा बाल्नै पर्ने भएमा सावधानी अपनाउन प्रहरीले सबैलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै केहि दिन अघि माण्डवी गाउँपालिका–३ देवीस्थान स्थित सल्लाको खोटो संकलन गरेर राखिएको गोदाममा आगलागी भएको थियो ।
नेपालगन्जको गङ्गा गम रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले घाटगद्दीमा संकलन गरेर राखिएको खोटोमा आगलागी भएको हो । शनिबार दिउँसो २ बजेबाट सल्केको आगलागी आइतबार मात्र नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट ७ हजार ५ सय डिब्बा टिनमा संकलन गरेर राखिएको १ लाख २ हजार किलो खोटो जल्दा करिब ७६ लाख ५० हजार रुपैयाँ बराबरको खोटो जलेर नष्ट भएकोे प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...