News Portal

रेडियो सुन्नुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

झुलेनी नेटवर्क२०८१ बैशाख १६
१०१३ पटक
२०८१ बैशाख १६

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतक प्रति शोक व्यक्त तथा परिवारमा समवेदना प्रकट गर्दै मृत्यु दाबी बापतको रकम १० लाख ३६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखा प्रमुख श्रीधर के.सी ले जानकारी दिए । लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवँरको प्रमुख आतिथ्यतामा मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख के.सीले जानकारी दिए ।

साबिकको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाखको जीवन बीमा गरेका के.सी ले १ किस्ता मात्र बीमा शुल्क बुझाएको उनले बताए। यस कम्पनीले विगतका दिनमा पनि मृत्यु दाबी भुक्तानी गर्दै आएको जनाएको छ । कार्यक्रममा कम्पनीका एम. डि. आर. टि. द्वय मिन बहादुर गहतराज, रिखिराम रावत, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता थियो ।

कार्यक्रममा हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बिमितहरूलाई कार्यालय बाट सरल, सहज तरिका बाट सेवा प्रवाह गरिदै आएको र हिमालयन नै भरपर्दो बीमा कम्पनी भएको बताएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...