News Portal

रेडियो सुन्नुहोस्

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

झुलेनी नेटवर्क२०८१ बैशाख १६
८३२ पटक
२०८१ बैशाख १६

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका ३ नयाँगाउँका डोर बहादुर खत्री क्षेत्रीको घरमै पुगि मृतक प्रति शोक व्यक्त तथा परिवारमा समवेदना प्रकट गर्दै मृत्यु दाबी बापतको रकम १० लाख ३६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखा प्रमुख श्रीधर के.सी ले जानकारी दिए । लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कुवँरको प्रमुख आतिथ्यतामा मृत्यु दाबी भुक्तानी गरिएको शाखा प्रमुख के.सीले जानकारी दिए ।

साबिकको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा १० लाखको जीवन बीमा गरेका के.सी ले १ किस्ता मात्र बीमा शुल्क बुझाएको उनले बताए। यस कम्पनीले विगतका दिनमा पनि मृत्यु दाबी भुक्तानी गर्दै आएको जनाएको छ । कार्यक्रममा कम्पनीका एम. डि. आर. टि. द्वय मिन बहादुर गहतराज, रिखिराम रावत, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता थियो ।

कार्यक्रममा हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना बिमितहरूलाई कार्यालय बाट सरल, सहज तरिका बाट सेवा प्रवाह गरिदै आएको र हिमालयन नै भरपर्दो बीमा कम्पनी भएको बताएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...