News Portal

रेडियो सुन्नुहोस्

वालमैत्रि धाराले वालवालिकालाई सहज

शमसेर विक्रम जिसी२७ मंसिर, प्यूठान
१४८८ पटक
२७ मंसिर, प्यूठान

विद्यालयमा वालमैत्रि धारा निर्माणसंगै वालवालिकालाई सहज भएको छ। प्यूठान नगरपालीका १ सालघारी भलापाटाको सालघारी प्रा.वि.मा साना कक्षाका विद्यार्थीले सजिलै प्रयोग गर्न सक्नेगरि धारा निर्माण गरिएको छ ।

‘पहिले विद्यार्थीहरु लाईन लागेर हात धुनुपर्ने वाध्यता थियो ।’ विद्यालयका प्रध्यानाध्यापक झक बहादुर विष्टले भने–‘धारा अग्लोहुदा विद्यार्थी लड्ने समस्या थियो । धारा अग्लो भएकै कारण विद्यार्थीहरु त्यसतर्फ कमै जाने गर्दथे। तर अहिले सजिलै पुग्न सक्नेगरी धारा निर्माण गरिएको छ।’ एकैपटक धेरै विद्यार्थीले प्रयोग गर्न सक्नेगरी धारा निर्माण गरिएका छन् । लाईन मिलायर आधा दर्जन धाराहरु छन् । सवैमा नियमित पानी आउछ। हिजोआज अवस्था फेरीएको छ । वालमैत्रि धारा निर्माण भएसंगै विद्यार्थीहरुलाई सहज भएको छ ।

धारा निर्माणसंगै विद्यालयमा विद्यार्थीहरुलाई खाजा खाने समय र अन्य समयमा हात धुनैका लागी लामो लाईन लाग्नुपर्ने अवस्था छैन् । शिसु कक्षादेखि ५ कक्षासम्म पढाई हुने विद्यालयमा धारामा नियमित पानी आउन थालेपछि विद्यार्थीहरुको वानी ब्यवहारमा पनि परिवर्तन आएको छ । “सवै विद्यार्थीले खाजा खाने समयमा हात धुने गर्छन् । डेढ सय विद्यार्थी वालमैत्रि धारा निर्माण भएपछि लाभाम्वीत भएका छन् । धारामा गएर लाईन लाग्ने समयमा विद्यार्थीले पढन समेत पाएका छन् । यसले राम्रो प्रभाव देखाएको छ।” प्रधानाध्यापक विष्टले भने । कालिका विकास केन्द्र, सेभ द चिल्डेनको सहयोगमा वालमैत्रि धारा निर्माण भएको हो ।

जिल्लाभर सञ्चालनमा रहेका विद्यालयमध्ये ८० प्रतिशत वढि विद्यालयमा वालमैत्रि धारा निर्माण भएको छ । जसले वालवालीकाको सरसफाईमा टेवा पुर्याएको छ । जिल्लामा एक सय पचास वढि विदालयमा वालमैत्रि धारा निर्माण भएका छन् ।

-पत्रकार शमसेर विक्रम जि.सि. ले प्यूठानवाट ‘नागरिक दैनिक’मा लेख्छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...