News Portal

रेडियो सुन्नुहोस्

वालमैत्रि धाराले वालवालिकालाई सहज

शमसेर विक्रम जिसी२७ मंसिर, प्यूठान
१६०७ पटक
२७ मंसिर, प्यूठान

विद्यालयमा वालमैत्रि धारा निर्माणसंगै वालवालिकालाई सहज भएको छ। प्यूठान नगरपालीका १ सालघारी भलापाटाको सालघारी प्रा.वि.मा साना कक्षाका विद्यार्थीले सजिलै प्रयोग गर्न सक्नेगरि धारा निर्माण गरिएको छ ।

‘पहिले विद्यार्थीहरु लाईन लागेर हात धुनुपर्ने वाध्यता थियो ।’ विद्यालयका प्रध्यानाध्यापक झक बहादुर विष्टले भने–‘धारा अग्लोहुदा विद्यार्थी लड्ने समस्या थियो । धारा अग्लो भएकै कारण विद्यार्थीहरु त्यसतर्फ कमै जाने गर्दथे। तर अहिले सजिलै पुग्न सक्नेगरी धारा निर्माण गरिएको छ।’ एकैपटक धेरै विद्यार्थीले प्रयोग गर्न सक्नेगरी धारा निर्माण गरिएका छन् । लाईन मिलायर आधा दर्जन धाराहरु छन् । सवैमा नियमित पानी आउछ। हिजोआज अवस्था फेरीएको छ । वालमैत्रि धारा निर्माण भएसंगै विद्यार्थीहरुलाई सहज भएको छ ।

धारा निर्माणसंगै विद्यालयमा विद्यार्थीहरुलाई खाजा खाने समय र अन्य समयमा हात धुनैका लागी लामो लाईन लाग्नुपर्ने अवस्था छैन् । शिसु कक्षादेखि ५ कक्षासम्म पढाई हुने विद्यालयमा धारामा नियमित पानी आउन थालेपछि विद्यार्थीहरुको वानी ब्यवहारमा पनि परिवर्तन आएको छ । “सवै विद्यार्थीले खाजा खाने समयमा हात धुने गर्छन् । डेढ सय विद्यार्थी वालमैत्रि धारा निर्माण भएपछि लाभाम्वीत भएका छन् । धारामा गएर लाईन लाग्ने समयमा विद्यार्थीले पढन समेत पाएका छन् । यसले राम्रो प्रभाव देखाएको छ।” प्रधानाध्यापक विष्टले भने । कालिका विकास केन्द्र, सेभ द चिल्डेनको सहयोगमा वालमैत्रि धारा निर्माण भएको हो ।

जिल्लाभर सञ्चालनमा रहेका विद्यालयमध्ये ८० प्रतिशत वढि विद्यालयमा वालमैत्रि धारा निर्माण भएको छ । जसले वालवालीकाको सरसफाईमा टेवा पुर्याएको छ । जिल्लामा एक सय पचास वढि विदालयमा वालमैत्रि धारा निर्माण भएका छन् ।

-पत्रकार शमसेर विक्रम जि.सि. ले प्यूठानवाट ‘नागरिक दैनिक’मा लेख्छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...