News Portal

रेडियो सुन्नुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

बिबश जि.एम२०८१ असार १०
४३२ पटक
२०८१ असार १०

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु १ प ८०५१ नं को बोलेरो पिकअप जिप आइतबार साँझ करिब साढे ७ बजेको समयमा नौबहिनी गाउँपालिका ४ खवाङको सुत्लावाङमा दुर्घटना भएको हो ।

घाइतेलाई जिल्ला अस्पताल विजुवार लिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । जिल्ला अस्पतालबाट ३ जना उपचारपछि घर फर्केका छन् भने २ जना अझै अस्पतालमा रहेका छन् । बाँकी ४ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको नौबहिनी गाउँपालिका ४ का वडाध्यक्ष भिम बहादुर घर्तीमगरले जानकारी दिए ।

बुटवल रिफर हुने नौबहिनी गाउँपालिका ४ सुत्लावाङकी शान्ती पुन मगर, सिम्रन पुन मगर, झिमरुक गाउँपालिका तुसाराका नर बहादुर थापा, र पुतला थापा रहेका छन् । जिपमा सवार १० जना थिए ।

उकालो चढ्ने क्रममा ब्रेक फेल भई दुर्घटना भएको नौबहिनी गाउँपालिका ३ का वडाध्यक्ष दिल बहादुर के.सीले जानकारी दिए । उनका अनुसार बाटोदेखि ६ मिटर तल खसेको थियो ।

फोटो : भिम जि.एम

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...