News Portal

रेडियो सुन्नुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

बिबश जि.एम२०८१ असार १०
६१६ पटक
२०८१ असार १०

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु १ प ८०५१ नं को बोलेरो पिकअप जिप आइतबार साँझ करिब साढे ७ बजेको समयमा नौबहिनी गाउँपालिका ४ खवाङको सुत्लावाङमा दुर्घटना भएको हो ।

घाइतेलाई जिल्ला अस्पताल विजुवार लिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । जिल्ला अस्पतालबाट ३ जना उपचारपछि घर फर्केका छन् भने २ जना अझै अस्पतालमा रहेका छन् । बाँकी ४ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको नौबहिनी गाउँपालिका ४ का वडाध्यक्ष भिम बहादुर घर्तीमगरले जानकारी दिए ।

बुटवल रिफर हुने नौबहिनी गाउँपालिका ४ सुत्लावाङकी शान्ती पुन मगर, सिम्रन पुन मगर, झिमरुक गाउँपालिका तुसाराका नर बहादुर थापा, र पुतला थापा रहेका छन् । जिपमा सवार १० जना थिए ।

उकालो चढ्ने क्रममा ब्रेक फेल भई दुर्घटना भएको नौबहिनी गाउँपालिका ३ का वडाध्यक्ष दिल बहादुर के.सीले जानकारी दिए । उनका अनुसार बाटोदेखि ६ मिटर तल खसेको थियो ।

फोटो : भिम जि.एम

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...