News Portal

रेडियो सुन्नुहोस्

बाह्रपन्थी नाथ योगि समुदायद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

झुलेनी नेटवर्क२०८१ असार १७
६९१ पटक
२०८१ असार १७

बाह्रपन्थी नाथ योगि समुदायले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी माण्डवी गाउँपालिका ५ रम्दीका ५ घरपरिवारलाई आर्थिक संकलन गरी गाउँपालिका अध्यक्ष नमराज अधिकारीमार्फत हस्तान्तरण गरिएको बाह्रपन्थी नाथ योगि समुदाय प्यूठानका अध्यक्ष भोजराज योगीले जानकारी दिए ।
गत बैशाख ८ गते लागेको आगोले माण्डवीमा ५ घरगोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

आगलागीमा परेका बाह्रपन्थी नाथ योगि समुदाय परिवारका सदस्यहरुको सहयोगमा ७० हजार ४ सय ९० रुपैयाँ आर्थिक संकलन भएको थियो । कार्यक्रममा आगलागीबाट क्षतिको आधारमा रकम वितरण गरिएको बाह्रपन्थी नाथ योगि समुदायले जनाएको छ ।

आगलागी पीडितहरु यम बहादुर योगि, गोबिन्द बहादुर योगि, ईश्वर योगि, छबिलाल योगि र दुर्गा खडकालाई आर्थिक सहयोग गरिएको हो । उनीहरुलाई क्रमशः २४ हजार, २४ हजार, १२ हजार, ८ हजार र २ हजार ५ सय सहयोग गरेको बताईएको छ।

कार्यक्रममा राहत संकलन, एव्म बितरण अभियानमा जुट्ने सबै बाह्रपन्थी नाथ योगि समुदायका सदस्यहरुलाई धन्यवाद दिएका छन् । आगामी दिनहरुमा पनि समुदायको बृहत्तर हितका कार्यहरुमा सधै सहयोग गर्ने बाह्रपन्थी नाथ योगि समुदायले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...