News Portal

रेडियो सुन्नुहोस्

बाह्रपन्थी नाथ योगि समुदायद्धारा आगलागी पीडितलाई आर्थिक सहयोग

झुलेनी नेटवर्क२०८१ असार १७
५०५ पटक
२०८१ असार १७

बाह्रपन्थी नाथ योगि समुदायले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी माण्डवी गाउँपालिका ५ रम्दीका ५ घरपरिवारलाई आर्थिक संकलन गरी गाउँपालिका अध्यक्ष नमराज अधिकारीमार्फत हस्तान्तरण गरिएको बाह्रपन्थी नाथ योगि समुदाय प्यूठानका अध्यक्ष भोजराज योगीले जानकारी दिए ।
गत बैशाख ८ गते लागेको आगोले माण्डवीमा ५ घरगोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

आगलागीमा परेका बाह्रपन्थी नाथ योगि समुदाय परिवारका सदस्यहरुको सहयोगमा ७० हजार ४ सय ९० रुपैयाँ आर्थिक संकलन भएको थियो । कार्यक्रममा आगलागीबाट क्षतिको आधारमा रकम वितरण गरिएको बाह्रपन्थी नाथ योगि समुदायले जनाएको छ ।

आगलागी पीडितहरु यम बहादुर योगि, गोबिन्द बहादुर योगि, ईश्वर योगि, छबिलाल योगि र दुर्गा खडकालाई आर्थिक सहयोग गरिएको हो । उनीहरुलाई क्रमशः २४ हजार, २४ हजार, १२ हजार, ८ हजार र २ हजार ५ सय सहयोग गरेको बताईएको छ।

कार्यक्रममा राहत संकलन, एव्म बितरण अभियानमा जुट्ने सबै बाह्रपन्थी नाथ योगि समुदायका सदस्यहरुलाई धन्यवाद दिएका छन् । आगामी दिनहरुमा पनि समुदायको बृहत्तर हितका कार्यहरुमा सधै सहयोग गर्ने बाह्रपन्थी नाथ योगि समुदायले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...