News Portal

रेडियो सुन्नुहोस्

मनसुनी वायुको प्रभाव: केही स्थानमा भारी वर्षा हुने

झुलेनी नेटवर्क२०८१ श्रावण ३
१०८ पटक
२०८१ श्रावण ३

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी,मधेस, बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट बच्न अनुरोध गरेको छ ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विपक्षी दलद्वारा तीन सदस्यीय कार्यदल गठन

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठक...

दाङमा भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु

दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा१ ख...

पूर्णिमाको अवसरमा प्यूठानका बिभिन्न ठाउँमा मेला लाग्दै

पूर्णिमाको अवसरमा आज प्यूठानका विभिन्न स्थानमा मेला लाग्दैछ। प्यूठान नगरपालिकाको बखडी मेला, बेलपत्रस्वर महादेब मन्दिर...

नौबहिनीमा आज स्थानीय बिदा

नौबहिनी गाउँपालिकाले कोजाग्रत पूर्णिमामा स्थानीय बिदा दिएको छ। अध्यक्ष स्तरिय निर्णय अनुसार स्थानीय बिदा दिईएको...

सामाजिक समस्या बुझ्न प्रजिअ गाउँमा 

प्यूठान,  जिल्लाका ग्रामीण क्षेत्रमा  भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसँग छलफल...