News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा १ सय २९ जना एचआइभी सङ्क्रमित

विवश जि एम२०८१ श्रावण १०
३९१ पटक
२०८१ श्रावण १०

प्युठानमा एक सय २९ जना सक्रिय एच.आइ.भी एड्स भएका बिरामी रहेका छन् । जिल्ला अस्पताल विजुवार प्युठानमा कार्यरत ए आर .टी कन्सुलर अश्लेषा विकका अनुसार हिजो सोमबार मात्र एक जनामा एच.आई.भी भेटिएसँगै १ सय २९ जना बिरामी भएका छन् । १४ वर्ष माथिका ६२ जना पुरुष र ६२ जना महिला तथा १४ वर्ष मुनिका १ जना महिला हुँदा ४ जना पुरुष रहेका छन् ।

सोही अवधिमा ऐरावती गाउँपालिकामा सबै भन्दा बढी २८ जना एचआइभीका बिरामी छन् । साथै गुल्मीका ४ जना बिरामीले समेत प्युठान अस्पतालबाट नियमित रूपमा औषधी सेवन गर्दै आएका छन् ।

एचआइभी सङ्क्रमितको सबै उपचार सेवा तथा औषधी निःशुल्क रूपमा अस्पतालबाट उपलब्ध गराउँदै आएको विकले जानकारी गराइन । आजीवन नै यसको औषधी प्रयोग गरिरहनु पर्ने उनको भनाई छ ।

एचआइभीबारे तथ्याङ्क सङ्कलन गर्ने, बिरामीको अवस्थाबारे जानकारी लिने काम प्युठान प्लसले गर्दै आएको छ । जिल्लामा प्युठान प्लस २०६९ चैत २७ गते स्थापना भएको थियो । एचआइभी सङ्क्रमितको सम्पर्कमा आएको २८ दिन भित्र औषधी उपचार गरेमा रोग नलाग्ने सम्भावना समेत उच्च हुने एआरटी कन्सुलर विकको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...