News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा १ सय २९ जना एचआइभी सङ्क्रमित

विवश जि एम२०८१ श्रावण १०
५६६ पटक
२०८१ श्रावण १०

प्युठानमा एक सय २९ जना सक्रिय एच.आइ.भी एड्स भएका बिरामी रहेका छन् । जिल्ला अस्पताल विजुवार प्युठानमा कार्यरत ए आर .टी कन्सुलर अश्लेषा विकका अनुसार हिजो सोमबार मात्र एक जनामा एच.आई.भी भेटिएसँगै १ सय २९ जना बिरामी भएका छन् । १४ वर्ष माथिका ६२ जना पुरुष र ६२ जना महिला तथा १४ वर्ष मुनिका १ जना महिला हुँदा ४ जना पुरुष रहेका छन् ।

सोही अवधिमा ऐरावती गाउँपालिकामा सबै भन्दा बढी २८ जना एचआइभीका बिरामी छन् । साथै गुल्मीका ४ जना बिरामीले समेत प्युठान अस्पतालबाट नियमित रूपमा औषधी सेवन गर्दै आएका छन् ।

एचआइभी सङ्क्रमितको सबै उपचार सेवा तथा औषधी निःशुल्क रूपमा अस्पतालबाट उपलब्ध गराउँदै आएको विकले जानकारी गराइन । आजीवन नै यसको औषधी प्रयोग गरिरहनु पर्ने उनको भनाई छ ।

एचआइभीबारे तथ्याङ्क सङ्कलन गर्ने, बिरामीको अवस्थाबारे जानकारी लिने काम प्युठान प्लसले गर्दै आएको छ । जिल्लामा प्युठान प्लस २०६९ चैत २७ गते स्थापना भएको थियो । एचआइभी सङ्क्रमितको सम्पर्कमा आएको २८ दिन भित्र औषधी उपचार गरेमा रोग नलाग्ने सम्भावना समेत उच्च हुने एआरटी कन्सुलर विकको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...