News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय: चकचके–कुडुले समानान्तर सडक निर्माण गर

झुलेनी नेटवर्क२०८१ श्रावण ३१
५०२ पटक
२०८१ श्रावण ३१

रोल्पा र प्यूठान प्रवेश गर्ने मुख्य सडक भएकाले भालुबाङ प्यूठान सडक खण्डमा सवारी चाँप धेरै छ । तर, त्यसलाई थेग्न सक्नेगरी फराकिलो सडक छैन् । सवारी व्यवस्थापन पनि चुस्त छैन । यसले गर्दा कहींकतै एउटा गाडी बिग्रियो वा सडकमा पहिरो गयो भने यो सडकमा यात्रा गर्ने सबै यात्रु अलपत्र पर्दछन् । पहिरो खस्यो भने खुल्न घण्टौं लाग्छ । सडकको स्तरोन्नतीको काम चल्दा कहिलेकाहीं घण्टौंसम्म सडक बन्द गरिन्छ । जसले गर्दा यात्रुको यात्रा अवधि अनावश्यकरूपमा लम्बिन्छ, जोखिम पनि बढ्छ । मुख्य विषय, सडकको अवरोध छल्न वैकल्पिक मार्ग छैन । यो सडकमा यात्रामा कोहि निस्कियो की धेरैको मन पिरोलिरहन्छ । बड्डाँडा देविस्थान सडक क्षेत्रमा पहिरो खस्यो होला की नाइ ? समयमै यात्रा गर्न पाइएलाकी नाइ भन्ने । बर्खाको समयमा भालुबाङ–प्यूठान सडकमा यात्रा गर्ने यात्रु सबैजना यही चिन्ताका विच यात्रा गर्नु पर्छ ।

वाटो अवरुद्ध हुँदा पटक पटक एम्वुलेन्स, दमकल, तरकारी तथा दूधका गाडिहरु रोकिदा धेरै समस्या भइरहन्छन् । जोखिम उत्तिकै छ । हरेक बर्ष बर्षायामको सुरुवात संगै प्यूठानको गर्जेनी गर्जिरहने समस्या दोहोरिन्छ । दैनिक सयौँ यात्रु आवतजावत गर्ने भालुवाङ प्यूठान सडक खण्डमा सर्वसाधारण मात्र होइन यो देश हाँक्ने राजनीतिज्ञ हरु र प्रशासकहरु पनि हिडिरहन्छन् । तर, सवैले देखेपनि गर्जेनिको समस्या समाधान गर्ने दियो योजनाबारे सोचेको देखिदैन ।

भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरे भिर, गनाहा खोला लगायतका ठाँउहरु निरन्तर पहिरोले अवरुद्ध गर्ने जोखिमपूर्ण ठाउँ हुन् । बर्षाको समयमा गर्जिरहने गर्जेनीमा प्यूठान र रोल्पाका यात्रुले सास्ती खेप्दै आएका छन् । यो बर्खामा आएको पहिरो हटाउन मात्र तीन लाख भन्दा बढि खर्च भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

यही गर्जेनीमा २०६१ माघ ८ गते दाङबाट प्यूठान टारी दुलही ल्याउदै गर्दा जन्तीबस दूर्घटना भएको थियो । यो घटनाले आमरूपमा चर्चा पायो र देशलाई नै शोकाकुल बनायोरपनि  यसयतापनि बैकल्पिक सडकबारे सोचिएन । यो सडक अन्तर्गत बड्डाँडा देविस्थान क्षेत्र निकै जोखिम छ । यसको बैकल्पिक रुड खोज्न जरुरी छ । कुडुले–छतीवन–दमार–कालिखोला–एकचोटे हुँदै चकचके समानान्तर सडक निर्माण गर्न सकिन्छ । जसमध्ये चकचके–एकचोटे–कालिखोलासम्मको माण्डबी गाउँपालिका क्षेत्रसम्मको सडक ट्याकओपन भइसकेको छ । कालिखोला– छतीवन दमार सडक निर्माण गरेर कुडुले छतीवन माडिखोलामा पुल निर्माण गर्दा बैकल्पिक सडक निर्माण हुन जान्छ ।

प्रदेश सरकार मार्फत बजेट आएर कुडुले–छतीवन दमारपुलको लागि टेन्डर आव्हान गरि सम्झौता समेत भएको छ । तर, कार्यन्वन गर्न सकेको छैन् । यो योजना कार्यन्वन गराउन जिल्लाका सरोकारवाला निकाय चनाखो भएर लाग्नुपर्छ । प्यूठान–भालुबाङ सडक यात्रा सहज बनाउन अब बैकल्पिक सडक निर्माणको विकल्प छैन । यसमा सबैको ध्यानजावस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...