News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

बाेमबहादुर परियार२०८२ भदाै १८ गते
१२१३ पटक
२०८२ भदाै १८ गते

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत प्यूठानले जनाएको छ ।
आर्थिक वर्ष २०८०-८१ मा २ सय ६६ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । अघिल्लो बर्ष भन्दा यस वर्ष ६२ जना बढिले सम्बन्ध विच्छेद गरेको जिल्ला अदालत प्यूठानका श्रेस्तेदार राजेन्द्रकुमार शर्माले जानकारी दिए । ३० बर्ष मुनिका महिलाहरु बढि सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्यांक कार्यालयमा रहेको श्रेस्तेदार शर्माले बताए ।

पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेद समाजमा विकृतिको रुपमा देखिएको अधिवक्ता रामेश्वर सुबेदी बताउँछन् । ‘वैदेशिक रोजगारीमा गएर पुरुषले कमाएको पैसा श्रीमतीले हिसाब दिन सक्दैनन् । परपुरुषसँग लागेको आरोप लाग्छ । यसले परिवारमा कलह भएको देखिन्छ,’ सुबेदीले भने,‘पतिपत्नी बिचको दुरी टाढा राख्ने जस्ता प्रवृत्तिले गर्दा सम्बन्ध विच्छेदको घटना बढेका हुन् ।’ उनले सम्बन्ध विच्छेदले समाजमा नराम्रो असर निम्त्याएको बताए ।

मनोपरामर्शदाता शान्ति पण्डितले सम्बन्ध विच्छेदको मुख्य कारण बालविवाह भएको बताइन् । उनले हिंसा, मानसिक हिंसा, आर्थिक स्वतन्त्रता र आत्मनिर्भरता, समाजमा लागु पदार्थको अत्यधिक प्रयोग, विवाह पछि अनैतिक सम्बन्ध र वैदेशिक रोजगारीको कारणले समेत सम्बन्ध विच्छेदको घटना बढेको बताइन् । हालको कानुनमा सम्बन्ध विच्छेद गर्न सजिलो भएकाले यसको न्यूनिकरणको लागि कडा कानुन बनाउन आवश्यक रहेको मनोपरामर्शदाता पण्डितको भनाई छ।
९ स्थानीय तह रहेको प्यूठानमा यस वर्ष २ हजार ८ सय ५९ जोडीले विवाह दर्ता गरेको स्थानीय तह पञ्जिकरण शाखाले जनाएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...