News Portal

रेडियो सुन्नुहोस्

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

झुलेनी नेटवर्क२०८१ भदौ २६
२१ पटक
२०८१ भदौ २६

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा ‘हिंसा’ शब्द असंसदीय नभएको र संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि विवाद चर्किएको थियो ।

अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए ।

सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अश्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।

माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए ।

माओवादीले सभामुखको रुलिङलाई अश्वीकार गर्दै सदन चल्न नदिएपछि एमालेका सांसदहरु प्रतिवादमा उत्रिएका थिए । एमालेका रघुजी पन्त र महेश बर्तौलाले माओवादीको सशस्त्र द्धन्द्धका क्रममा हिंसा र मानवताविरोधी अपराधहरु भएको शान्ति सम्झौतामै स्वीकार गरिएको बताएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधान दिवसमा मित्रमणि चोकमा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा प्यूठानको विजुवारस्थित मित्रमणि चोकमा दिप प्रज्वलन गरिएको छ। माओवादी केन्द्र निकट अखिल...

प्यूठान अस्पतालमा ४ जनाले गरे रक्तदान

प्यूठान अस्पतालमा ४ जनाले रक्तदान गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्यूठान...

संविधानले स्वतन्त्रता दिएको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।...

पत्रकार महासङ्घको निर्वाचन अनिश्चित, कार्यकाल लम्ब्याउन जिल्ला अध्यक्षहरूको व्यापक दबाब

नेपाल पत्रकार महासङ्घको निर्वाचन फेरी सर्ने स्थिति देखा परेको छ । तेस्रो पटक तोकिएको मिति...

संविधान दिवसको अवसरमा खलङ्गामा कार्यक्रम सम्पन्न

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्युठानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...