News Portal

रेडियो सुन्नुहोस्

एमाले-माओवादी आरोप प्रत्यारोपपछि प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित

झुलेनी नेटवर्क२०८१ भदौ २६
४५७ पटक
२०८१ भदौ २६

एमाले–माओवादी सांसदहरूबीच आरोप-प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा ‘हिंसा’ शब्द असंसदीय नभएको र संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि विवाद चर्किएको थियो ।

अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए ।

सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अश्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।

माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए ।

माओवादीले सभामुखको रुलिङलाई अश्वीकार गर्दै सदन चल्न नदिएपछि एमालेका सांसदहरु प्रतिवादमा उत्रिएका थिए । एमालेका रघुजी पन्त र महेश बर्तौलाले माओवादीको सशस्त्र द्धन्द्धका क्रममा हिंसा र मानवताविरोधी अपराधहरु भएको शान्ति सम्झौतामै स्वीकार गरिएको बताएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...