News Portal

रेडियो सुन्नुहोस्

सामाजिक विकास डिभिजन प्युठानको ८७.९५ प्रतिशत प्रगति

बिबश जि.एम.२०८१ भदौ २८
१०८६ पटक
२०८१ भदौ २८

सामाजिक विकास डिभिजन कार्यालय प्युठानले आर्थिक वर्ष २०८०÷०८१ मा ४ करोड ५७ लाख ९३ हजार १ सय २३ रुपियाँ खर्च गरेको छ ।

सामाजिक विकास तथा सशक्तीकरणको क्षेत्रमा चालु र पूजिगत शीर्षकहरूमा विनियोजित ५ करोड २० लाख ६९ हजार रुपैयाँमध्ये ६२ लाख ७५ हजार ८ सय ७७ रुपैयाँ खर्च नभएर फिर्ता भएको सामाजिक विकास डिभिजन कार्यालयले जनाएको छ ।

विभिन्न शीर्षक र क्षेत्रमा विनियोजित रकमको ८७.९५ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख पुण्यप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार शैक्षिक विकास तथा प्राविधिक शिक्षा तर्फ विनियोजन भएको ३ करोड १७ लाख बजेट मध्ये ३ करोड ८ लाख  ३३ हजार ७ सय ९० रुपैयाँ खर्च भएको छ । नमुना विद्यालय र विशेष शिक्षा कार्यक्रममा ५ लाख रुपैयाँमा शत प्रतिशत खर्च भएको न्यौपानेले बताए ।

यस्तै लैङ्गिक सशक्तीकरण तथा मूल प्रवाहीकरण कार्यक्रममा १० लाख ३१ हजार ८ सय १५ खर्च भएको छ । खेलकुद कार्यक्रममा ३६ लाख ९३ हजार ९ सय १२ खर्च भएको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रिय खेलकुद परिषद् सर्शत अनुदान तर्फ विनियोजन भएको ७ लाखमा सबै खर्च भएको छ । राष्ट्रिय युवा परिचालन कार्यक्रममा ४ लाख २० हजार ५० खर्च भएको हो ।

बाल अधिकार तथा सामाजिक न्याय विशेष कार्यक्रमको लागि प्राप्त भएको ४२ लाख मध्ये ३५ लाख ७३ हजार ९ सय ६३ रुपियाँ खर्च गरेको छ । त्यस्तै सामाजिक विकास कार्यालय अन्तर्गत ८५ लाख ८५ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा उक्त कार्यालयले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलाई सम्मान, बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम, मानव अधिकार संरक्षण, छुवाछुत तथा जातीय भेदभाव विरुद्ध अन्तरक्रिया, गणतन्त्र दिवसको अवसरमा क्याम्पस स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत गरेको छ । गन्धर्व समुदायका महिलाहरूलाई सारङ्गी बजाउने तालिम, आधारभूत स्काउट तालिम विद्यार्थी अभिमुखीकरण कार्यक्रम र विद्यालय स्तरमा रहेका खानेपानी ट्याङ्की निर्माण लगायतका कार्यहरू गरेको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...