News Portal

रेडियो सुन्नुहोस्

सहकारी छानविन समितिमा प्रधानमन्त्रीले भने– सरकारले तपाइहरुको सुझाव कार्यवयन गर्छ

झुलेनी नेटवर्क२०८१ भदौ ३०
४६१ पटक
२०८१ भदौ ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रका समस्या समाधान गर्न स‌सदिय समितिले दिने प्रतिवेदन सरकारले कार्यन्वयन गर्ने बताएका छन् ।

शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले सहकारी समस्या समाधानका उपायहरु सहित  समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए ।

बैठकमा ओलिले भने, ‘ सहकारी क्षेत्रका समस्या समाधान गर्न सम्भव, व्यवहारिक केके हुनसक्छन्, ति सुझाव आउन् । यहाँहरुका सुझाव आउन्, त्यो सुझाव हामी कार्यान्वयन गर्छौं । हामीले समितिलाई कुनै निर्देश दिन भन्ने हुँदैन, समितिले सरकारलाई निर्देश गरोस् । निर्देश समितिले गर्ने हो । छानविनका निस्कर्षबाट यो देखियो, यो ठाउँमा अनुगमन गर्नुपर्छ, यि शर्तका साथ सहकारी खोल्नुपर्छ । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु भएन । यस समस्याको समाधान हुनुपर्छ भनेर सरकार लागेको । हामी यहाँहरुको रिपोर्ट, सुझावको प्रतिक्षामा छाै‌ं। यो भयानक राष्ट्रिय समस्या भइरहेको छ । अहिलेकै राज्य संयन्त्रबाट छानविन, निराकरण, कारबाही गर्ने की अर्को संयन्त्र बनाउने त्यो पनि तपाईंहरुले नै भन्नुस् ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...