News Portal

रेडियो सुन्नुहोस्

करोडौँका चिस्यान केन्द्र अलपत्र, किसान मारमा

शशिधर भण्डारी२०८१ असोज ५
४१३ पटक
२०८१ असोज ५

प्रदेश सरकारको लागत साझेदारीमा करोडौँ खर्चेर निर्माण गरिएका प्युठानका चिस्यान केन्द्र(कोल्ड स्टोर)प्रयोग विहीन भएका छन् ।

स्थानीय तहले चिस्यान केन्द्र सञ्चालन गर्ने सकेका छैनन् । चिस्यान केन्द्र सञ्चालन नहुँदा जिल्लामा उत्पादन भएका कृषि उपज जिल्ला बाहिरका चिस्यान केन्द्रमा पुर्‍याउनु पर्ने बाध्यता छ । यसले गर्दा लागत वृद्धिले किसान मारमा छन् ।

जिल्लामा प्यूठान नगरपालिका ४ को बिजुवार र माण्डबी गाउँपालिका ३ को देविस्थानमा २०७७ सालमा चिस्यान केन्द्र स्थापना भएका थिए ।  दुवै स्थानमा स्थापना भएका चिस्यान केन्द्र एक वर्ष पनि सञ्चालन नभई अलपत्र परेका हुन् ।

प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले पुरानो प्रविधिको  चिस्यान केन्द्र त्यो बेला निर्माण गरिएकाले सञ्चालनमा समस्या भएको बताए । ‘निर्माण गर्ने प्राविधिक नै पाइएन, प्रयोग गरिएका प्रविधि पनि फेज आउटवाला रहेछन्’ योगीले भने,‘नगरपालिकाले सञ्चालनको चाहना राख्दा राख्दैपनि सञ्चालन गर्ने अवस्था छैन ।’ चिस्यान केन्द्रमा प्रयोग गरिएका प्रविधिको सञ्चालनको लागत पनि अत्यधिक बढी भएका कारण चिस्यान केन्द्रको सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

नगरपालिकाले लुम्बिनी प्रदेश सरकार सङ्गको लागत साझेदारीमा १ करोड ५० लाखको खर्चेर १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र बनाएको थियो । प्रदेश सरकारकै लागत साझेदारीमा माण्डवी गाउँपालिकामा १ करोड १२ लाख ५८ हजार लागतमा यहाँ पनि १ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भएको थियो । एक सिजनमा जिल्लाका आलु राख्न पाउँदा जिल्लाका किसान निकै खुसी भए । तर खुसी धेरै समय टिक्न सकेन । राखिएको आलु उम्रिएर बिउ समेत जोगाउन समस्या भएपछि केन्द्रमा कृषि भण्डारण गर्न छाडिएको थियो ।

आफू जनप्रतिनिधि भएर नआउँदै बन्द भइसकेको चिस्यान केन्द्र तत्काल सञ्चालनमा ल्याउन नसकिने माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । ‘पालिकाको जनशक्तिले भ्याउँदैन’ उनले भने,‘बनाउने प्राविधिक जनशक्ति पाइँदैन ।’ प्रदेश सरकारले निर्माण गरी हस्तान्तरण गरिएको चिस्यान केन्द्रमा कमसल र काम नगर्ने प्रविधिको प्रयोग गरिदिएका कारण सञ्चालनमा समस्या देखिएको उनको भनाइ छ ।

यस्तै झिमरुक गाउँपालिकाले स्थापना गर्न थालेको चिस्यान केन्द्रको डिजाइनमा समस्या हुँदा सञ्चालनमा ढिलाइ भएको छ । २ करोड ३९ लाखमा निर्माण भएको चिस्यान केन्द्र थ्री फेज विद्युतीय लाइन र जेनरेटर स्टिमेटमा नहुँदा भवन निर्माण भएर पनि सञ्चालनमा ल्याउन नसकिएको झिमरुक गाउँपालिकाका इन्जिनियर अशोक जि.सिले बताए । यही आर्थिक वर्षदेखि सञ्चालनमा आउने उनको भनाइ छ ।

जिल्लामा चिस्यान केन्द्र सञ्चालन नहुँदा आफूहरूले धेरै समस्या  भोग्नुपरेको झिमरुक गाउँपालिका–३ आहाल खोलाका किसान नवीन के.सिले गुनासो गरे । उनले दाङको लमही रहेको चिस्यान केन्द्रमा ७ सय किलो टिपिएस् आलुको मूल बिउ भण्डारका लागि महँगो भाँडा तिरेर लग्न परेको गुनासो गरे ।

प्युठान नगरपालिका–४ विजुवार स्थित चिस्यान केन्द्रमा राख्दा प्रति के.जी. २ रुपैयाँ लागत लाग्नेमा दाङ पुर्‍याउनुपर्दा ८ रुपैयाँ एकतर्फी लागत लाग्ने गरेको  उनले बताए । झिमरुक गाउँपालिकाको हरियाली आहाल खोला कृषक समूहबाट १ लाख ५० हजार के.जी. आलु भण्डारणका लागि किसानले लमहीमा पुर्‍याएका छन् । चिस्यान केन्द्र नजिक नहुँदा चौतर्फी मारमा परेको किसानहरूको गुनासो छ ।

गाउँमा उत्पादन भएको उन्नत जातका आलु जिल्ला बाहिर राखेर एकै पटक ल्याउनुपर्दा बिउ आलुले राम्रो भाउ नपाउने किसानले गुनासो गर्दछन् । जिल्लामा चिस्यान केन्द्र सञ्चालनमा नभएकाले धेरै उत्पादन गरेर व्यावसायिक कृषि गर्ने किसान मात्र नभएर थोरै उत्पादन गर्ने किसान समेत मारमा परेका छन् । प्युठान नगरपालिका–७ टिकुरीका माधव के.सिले ५० के.जि. आलुको बिउको लागि प्रत्येक वर्ष जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको बताए ।

स्थानीय तहहरूले चिस्यान केन्द्र सञ्चालनका लागि सरोकारवाला सङ्घसंस्था सँग समन्वय गरेर सञ्चालन गर्न केसीले माग राखे । जिल्लाका उत्पादित फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्म राख्नका लागि चिस्यान केन्द्र निर्माणको माग हुँदै आएको छ । पटक÷पटक किसानले डेलिगेसन मार्फत चिस्यान केन्द्र सञ्चालन गर्न माग राख्दै आएका छन् । निर्माण भएर पनि अलपत्र पर्ने समस्याले किसान चिन्तित छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...