News Portal

रेडियो सुन्नुहोस्

दसैँमा अतिरिक्त गाडी चढ्दा २० प्रतिशत महँगो पर्ने

बिबश जि.एम.२०८१ असोज १२
३२७ पटक
२०८१ असोज १२

प्यूठान–काठमाण्डौ नियमित चल्ने गाडीबाहेक दशैलाई लक्षित गरेर थपिएका अतिरिक्त गाडीहरूमा २० प्रतिशत बढी भाडा लाग्ने भएको छ ।

स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली.ले शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यात्रुको मागलाई ध्यानमा राखेर दसैँमा प्रा.ली.ले अतिरिक्त बसहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

नियमित चल्ने बाहेकका अन्य बसहरू काठमाण्डौ जाँदा खालि जानुपर्ने र एकतर्फी यात्रु मात्र पाउने हुनाले २० प्रतिशत बढी भाडा कायम गरिने प्रालि का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

कम्पनीले अनलाइनमार्फत अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ ।

अतिरिक्त बसहरू थपेर सिट क्षेमता जति मात्र यात्रु राखेर सहजै यात्रा गर्ने वातावरण गराउने श्रेष्ठले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...