News Portal

रेडियो सुन्नुहोस्

दसैँमा अतिरिक्त गाडी चढ्दा २० प्रतिशत महँगो पर्ने

बिबश जि.एम.२०८१ असोज १२
५३१ पटक
२०८१ असोज १२

प्यूठान–काठमाण्डौ नियमित चल्ने गाडीबाहेक दशैलाई लक्षित गरेर थपिएका अतिरिक्त गाडीहरूमा २० प्रतिशत बढी भाडा लाग्ने भएको छ ।

स्वर्गद्वारी गौमुखी यातायात प्रा.ली.ले शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यात्रुको मागलाई ध्यानमा राखेर दसैँमा प्रा.ली.ले अतिरिक्त बसहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

नियमित चल्ने बाहेकका अन्य बसहरू काठमाण्डौ जाँदा खालि जानुपर्ने र एकतर्फी यात्रु मात्र पाउने हुनाले २० प्रतिशत बढी भाडा कायम गरिने प्रालि का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

कम्पनीले अनलाइनमार्फत अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ ।

अतिरिक्त बसहरू थपेर सिट क्षेमता जति मात्र यात्रु राखेर सहजै यात्रा गर्ने वातावरण गराउने श्रेष्ठले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...