News Portal

रेडियो सुन्नुहोस्

वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको नेकपा बहुमतको आरोप

बिबश जि.एम२०८१ असोज १९
४२४ पटक
२०८१ असोज १९

बैंक तथा वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले यो कार्यलाई तत्काल रोक्न सुझाव दिएको छ ।

ऋण लिएका जनतालाई अनेक यातना दिने, घरमा ताला लगाइदिने, पशुधन फुकाएर लैजाने जस्ता क्रियाकलापले मानसिक चिन्ता बढेको भन्दै उक्त पार्टीले त्यस्ता कार्यहरु रोक्न लुम्बिनी प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ ।

सबै बैंक तथा वित्तिय संस्थामा ब्याजदर एक अंकमा र स्थिर हुनुपर्ने, कुनै पनि चल अचल सम्पत्ति लिलाम गर्न नपाईने, विगतमा भएका लिलाम खारेज गर्नुपर्ने लागतका मागहरु राखिएको नेकपा (बहुमत) लुम्बिनी प्रदेश व्यूरो सदस्य सजक बागचनले बताए ।

शनिबार प्यूठानको जुम्रीमा पत्रकार भेटघाट गरी उक्त पार्टीले आफ्ना मागहरु कात्तिक १ गतेदेखि नै पुरा गर्न आग्रह गरेको र नगरेको खण्डमा उत्पन्न परिस्थितीको जवाफदेहि बैंक तथा वित्तिय संस्था नै हुने बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...