News Portal

रेडियो सुन्नुहोस्

वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको नेकपा बहुमतको आरोप

बिबश जि.एम२०८१ असोज १९
६५४ पटक
२०८१ असोज १९

बैंक तथा वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले यो कार्यलाई तत्काल रोक्न सुझाव दिएको छ ।

ऋण लिएका जनतालाई अनेक यातना दिने, घरमा ताला लगाइदिने, पशुधन फुकाएर लैजाने जस्ता क्रियाकलापले मानसिक चिन्ता बढेको भन्दै उक्त पार्टीले त्यस्ता कार्यहरु रोक्न लुम्बिनी प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ ।

सबै बैंक तथा वित्तिय संस्थामा ब्याजदर एक अंकमा र स्थिर हुनुपर्ने, कुनै पनि चल अचल सम्पत्ति लिलाम गर्न नपाईने, विगतमा भएका लिलाम खारेज गर्नुपर्ने लागतका मागहरु राखिएको नेकपा (बहुमत) लुम्बिनी प्रदेश व्यूरो सदस्य सजक बागचनले बताए ।

शनिबार प्यूठानको जुम्रीमा पत्रकार भेटघाट गरी उक्त पार्टीले आफ्ना मागहरु कात्तिक १ गतेदेखि नै पुरा गर्न आग्रह गरेको र नगरेको खण्डमा उत्पन्न परिस्थितीको जवाफदेहि बैंक तथा वित्तिय संस्था नै हुने बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...