News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ८७ जनामा डेङ्गुको सङ्क्रमण

शशिधर भण्डारी२०८१ कार्तिक २४
२८१ पटक
२०८१ कार्तिक २४

जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार ८७ जनामा डेङ्गु सङ्क्रमण भेटिएको हो ।

स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज वैद्यले आ.व. २०८०/०८१ को तुलनामा चालु आ.व. २०८१/०८२ मा सङ्क्रमित विरामीको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा १ सय ४६ जनामा देखिएकोमा यस वर्ष ४७ जना पुरुष, ३९ जना महिला र १ जना अन्य व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका गाउँगाउँमा समेत डेङ्गु सङ्क्रमण देखिएको छ । सबै भन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २० जना, प्यूठान नगरपालिकामा १८ जना, सरुमारानी गाउँपालिकामा १२ जना, माण्डवी गाउँपालिकामा ११ जना, ऐरावती गाउँपालिकामा ९ जना, नौबहिनी गाउँपालिकामा ३ जना, झिमरुक गाउँपालिकामा २ जना र मल्लरानी गाउँपालिकाका १ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । त्यसै गरी गुल्मी र रोल्पाका ११ जनामा समेत प्यूठानमा जाँचका क्रममा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने सूचना अधिकारी वैद्यले बताए । उनका अनुसार डेङ्गुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने जस्ता कार्य गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...