News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा ८७ जनामा डेङ्गुको सङ्क्रमण

शशिधर भण्डारी२०८१ कार्तिक २४
५८८ पटक
२०८१ कार्तिक २४

जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार ८७ जनामा डेङ्गु सङ्क्रमण भेटिएको हो ।

स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज वैद्यले आ.व. २०८०/०८१ को तुलनामा चालु आ.व. २०८१/०८२ मा सङ्क्रमित विरामीको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा १ सय ४६ जनामा देखिएकोमा यस वर्ष ४७ जना पुरुष, ३९ जना महिला र १ जना अन्य व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका गाउँगाउँमा समेत डेङ्गु सङ्क्रमण देखिएको छ । सबै भन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २० जना, प्यूठान नगरपालिकामा १८ जना, सरुमारानी गाउँपालिकामा १२ जना, माण्डवी गाउँपालिकामा ११ जना, ऐरावती गाउँपालिकामा ९ जना, नौबहिनी गाउँपालिकामा ३ जना, झिमरुक गाउँपालिकामा २ जना र मल्लरानी गाउँपालिकाका १ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । त्यसै गरी गुल्मी र रोल्पाका ११ जनामा समेत प्यूठानमा जाँचका क्रममा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने सूचना अधिकारी वैद्यले बताए । उनका अनुसार डेङ्गुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने जस्ता कार्य गर्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...