News Portal

रेडियो सुन्नुहोस्

खेतमा पानी हाल्न गएका एक युवा मृत फेला , हत्याको आशंका

सागर रिजालप्युठान,१३ पुस ।
१२०८ पटक
प्युठान,१३ पुस ।

प्युठानका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश वहादुर घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बुधबार बिहान खेतमा पानी हाल्न जान्छु भनि घरबाट निस्किएका घर्तिमगर विहिवार साझसम्म घर आएका थिएनन् । घरपरिवारले मामाघर बस्यो भनेपनि मावलीलाई सोध्दा मामा घर नभएको जानकारी पाएपछि विहिवार विहानबाट घर्तिमगरलाई खोज्न स्थानिय गएका थिए । खोज्दै जाँदा विहिवार राती ११ः ३० बजे मृत अवस्थामा खेतभन्दा करिब १५ मिटर टाढा भेटिएको थियो । मृत शव फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घर्तिमगरलाई मारेको आशंका
मृतक घर्तिमगरलाई कसैले मारेको आशंका गरिएको छ । घटनासथल नजिकै कोदालो भेटिएको, मृतकको टाउकोमा चोट भएकोले कोदालेले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख वुढाथोकीले बताए । उनले भने,‐‘घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ । ’ मृतकको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल विजुवार ल्याईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...