News Portal

रेडियो सुन्नुहोस्

खेतमा पानी हाल्न गएका एक युवा मृत फेला , हत्याको आशंका

सागर रिजालप्युठान,१३ पुस ।
१४५९ पटक
प्युठान,१३ पुस ।

प्युठानका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी हाल्न गएका गौमुखी गाउँपालिका‐६ लिवाङका स्थानिय अन्दाजी १७ वर्षिय गणेश वहादुर घर्तिमगर खेत नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बुधबार बिहान खेतमा पानी हाल्न जान्छु भनि घरबाट निस्किएका घर्तिमगर विहिवार साझसम्म घर आएका थिएनन् । घरपरिवारले मामाघर बस्यो भनेपनि मावलीलाई सोध्दा मामा घर नभएको जानकारी पाएपछि विहिवार विहानबाट घर्तिमगरलाई खोज्न स्थानिय गएका थिए । खोज्दै जाँदा विहिवार राती ११ः ३० बजे मृत अवस्थामा खेतभन्दा करिब १५ मिटर टाढा भेटिएको थियो । मृत शव फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घर्तिमगरलाई मारेको आशंका
मृतक घर्तिमगरलाई कसैले मारेको आशंका गरिएको छ । घटनासथल नजिकै कोदालो भेटिएको, मृतकको टाउकोमा चोट भएकोले कोदालेले हानेर मारेको आशंका गरिएको प्रहरी प्रमुख वुढाथोकीले बताए । उनले भने,‐‘घटनाको विषयमा अनुसन्धान गरिरहेका छौँ । ’ मृतकको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल विजुवार ल्याईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...