News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

शशिधर भण्डारी२०८१ मङ्सिर ७
५०९ पटक
२०८१ मङ्सिर ७

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ ।

बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै स्तरोन्नति गर्न लागिएको छ ।

२३ दिनसम्म ११ घण्टा सडक बन्द गरेर काम गरिने भएको हो ।

सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय प्युठानले सूचना जारी गरेर सडक अवरुद्ध हुने जनाएको छ ।

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर बिसुन दास लामाका अनुसार बाग्दुला–मच्छी क्षेत्रमा  आउँदो मङ्सिर २८ गतेसम्म दिनहुँ बिहान ५ बजेदेखि ९ बजे सम्म,बिहान ११:३० बजेदेखि दिउसो २ बजे सम्म र बेलुका ४:३० देखि अर्को दिन बिहान ९ बजेसम्म  सडक बन्द रहने छ ।

५७ लाख ५ हजार ९ सय ६१ रुपैयाँ लागतमा सिराफ विल्डर्स एण्ड सप्प्लायर्स भक्तपुरले ठेक्का प्रक्रियाद्वारा काम थालेको हो । जसअन्तर्गत सडक खण्डको साँघुरो, अप्ठ्यारो बाटो र घुम्तीलाई फराकिलो बनाउने स्टिमेट रहेको कार्यालयले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...