News Portal

रेडियो सुन्नुहोस्

आत्महत्या रोकथामका लागि सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर ८
४६५ पटक
२०८१ मङ्सिर ८

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला स्थित सरकोरवालाहरु एकमत भएका छन् । जिल्लामा आत्महत्याका घटनाहरु कमी नआउँदा सामाजिक जटिलता बढ्दै गएको भन्दै यसको न्यूकिकरणका लागि साझा धारणा निर्माण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय , प्यूठानको सहकार्यमा जिल्ला समन्वय समितिको सभाहल खलंगामा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमबाट आठ वटा साझा निर्णयहरु भएका छन् । जसमा प्रत्येक पालिकाहरुले आत्महत्या न्यूनीकरण गर्न पालिकामा कम्तिमा एक जना मनोपरामर्शकर्ताको व्यवस्था गर्ने र उक्त परामर्शकर्ताले समुदायमा गइ समस्या निरन्तर सुन्ने र समाधान गर्न पहल गर्ने निर्णय गरिएको छ । पालिका तथा वडा स्तरमा गठित आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले तालुक निकायहरु संग समन्वय गरी आफ्नो पालिका र वडाभित्र एक एक महिनाको अन्तरमा नियमित कार्यक्रम सञ्चालन गरिने भएको छ ।

मानसिक समस्या भएका व्यक्तिहरुलाई परामर्श उपलब्ध गराउन छुट्टै हेल्प डेस्क र ज्भउि ीष्लभ व्यवस्थाको व्यवस्थापन प्रत्येक पालिकाले गर्ने, संघ तथा प्रदेश सरकारसंग वजेटको माग गर्ने र स्थानीय तहले प्रत्येक वर्ष वार्षिक बजेट छुट्टाउने, स्कुल कलेजमा शैक्षिक जनचेतना फैलाउन पालिका र स्कुलको प्रधानाध्यापकबीच समन्वय गर्ने, मदिरा विक्री वितरण, उपयोग र नियन्त्रण गर्न सबै पालिकाले सबै सरोकारवालाहरुमा समन्वय र सहकार्य गर्ने लगायतका निर्णयहरु भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षता तथा सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुखहरु र सरोकारवालाको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...