News Portal

रेडियो सुन्नुहोस्

आत्महत्या रोकथामका लागि सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

झुलेनी नेटवर्क२०८१ मङ्सिर ८
३५५ पटक
२०८१ मङ्सिर ८

आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला स्थित सरकोरवालाहरु एकमत भएका छन् । जिल्लामा आत्महत्याका घटनाहरु कमी नआउँदा सामाजिक जटिलता बढ्दै गएको भन्दै यसको न्यूकिकरणका लागि साझा धारणा निर्माण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय , प्यूठानको सहकार्यमा जिल्ला समन्वय समितिको सभाहल खलंगामा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमबाट आठ वटा साझा निर्णयहरु भएका छन् । जसमा प्रत्येक पालिकाहरुले आत्महत्या न्यूनीकरण गर्न पालिकामा कम्तिमा एक जना मनोपरामर्शकर्ताको व्यवस्था गर्ने र उक्त परामर्शकर्ताले समुदायमा गइ समस्या निरन्तर सुन्ने र समाधान गर्न पहल गर्ने निर्णय गरिएको छ । पालिका तथा वडा स्तरमा गठित आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले तालुक निकायहरु संग समन्वय गरी आफ्नो पालिका र वडाभित्र एक एक महिनाको अन्तरमा नियमित कार्यक्रम सञ्चालन गरिने भएको छ ।

मानसिक समस्या भएका व्यक्तिहरुलाई परामर्श उपलब्ध गराउन छुट्टै हेल्प डेस्क र ज्भउि ीष्लभ व्यवस्थाको व्यवस्थापन प्रत्येक पालिकाले गर्ने, संघ तथा प्रदेश सरकारसंग वजेटको माग गर्ने र स्थानीय तहले प्रत्येक वर्ष वार्षिक बजेट छुट्टाउने, स्कुल कलेजमा शैक्षिक जनचेतना फैलाउन पालिका र स्कुलको प्रधानाध्यापकबीच समन्वय गर्ने, मदिरा विक्री वितरण, उपयोग र नियन्त्रण गर्न सबै पालिकाले सबै सरोकारवालाहरुमा समन्वय र सहकार्य गर्ने लगायतका निर्णयहरु भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षता तथा सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुखहरु र सरोकारवालाको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...