News Portal

रेडियो सुन्नुहोस्

रोल्पाको मुरुल्ले लेकमा विप्लव नेतृत्वको नेकपाले झण्डा गाड्यो, कारण यस्तो छ….

सुगम सरोवर१३ पौष, रोल्पा
१९६५ पटक
१३ पौष, रोल्पा

रोल्पाको मुरुल्ले लेकमा रहेको खानिक्षेत्रमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले झण्डा गाडेको छ।

उक्त पार्टीले गठन गरेको जनपरिषद् नेपालको नाममा झण्डा गाडिनुका साथै उक्त स्थानमा कालो व्यानर राखिएको छ।

रोल्पाको रुन्टिगढि गाउपालिका वडा नं ६ मा रहेको मुरुल्ले लेकमा शुभम् खनिज उद्योगले चुनढुंगा उत्खनन कार्य थालेको थियो। वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यहाँका स्थानियले उत्खननको विरोध गर्दै आएका छन्।

यसैविच मुरुल्ले लेक सम्बन्धी विवादले ठुलो रुप लिदै गयपछी उक्त पार्टिले आफ्नो धारणा सार्वजनिक गरेको हो।

पार्टिद्वारा सार्वजनिक गरियको प्रेस विज्ञप्तिमा यस्तो लेखियको छ।

सबैखाले जनविरोधी हर्कतका विरुद्ध हाम्रो जनपरिषद नेपालले जनसघर्षमार्फत देशव्यापी रुपमा दलालि,भ्रष्टचारी,लुटेरा,गुण्डागर्दि र अनेकखाले माफियाहरुको विरुद्ध कार्यवाही बढाइरहेको कुरा सर्वविदितै छ। हालै रोल्पा जिल्ला रुन्टिगढि गाउपालिका वार्ड नं ६ मुरुल्ले सामुदायिक बनको निर्णय विपरीत र जनचासो विपरीत चुनढुङ्गा उत्खनन्का लागि शुभम् खनिज उद्योग लमहिले केहि व्यक्तिहरुको नेतृत्वमा सत्ता र शक्तिको आडमा आफ्नो व्यक्तिगत स्वार्थका लागी चुनढुङ्गा परिक्षण कार्य अगाडि बढाएकाले त्यसको नकारात्मक असरवारे स्थानीय चासो बढेको छ।

अत स्थानियलाइ पानिको अभाव हुने वायु प्रदूषण हुने ,ध्वनि प्रदुषण हुने ,वनजंगल फडानिबाट जनतालाइ उनिहरुको इच्छा विपरीत सास्ति दिने जस्ता गलत कार्य विरुद्ध व्यापक जनगुनासो आयकाले बन सम्पदा अतिक्रमण गर्ने व्यक्ति उद्योगगरुलाइ आफ्नो कार्य सच्चाइ सचेत रहन आग्रह गर्दछौ।अन्यथा जनपरिषद नेपाल रुन्टिगढि रोल्पाले जनताको पक्षमा आवश्यक कार्यवाही गर्न वाध्य हुनेछ‌।

जनपरिषद नेपाल
रुन्टिगढि होलेरि,रोल्पा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...