News Portal

रेडियो सुन्नुहोस्

श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते

झुलेनी नेटवर्क२०८१ माघ १
७२२ पटक
२०८१ माघ १

आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन ।

प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा गलङछङ निवासी विनोद बिटालुले श्रीमती ज्ञानी सुनारलाई कुटपिट सँगै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको स्थानीयवासी समेत रहेको पत्रकार मित्र थापाले जानकारी दिएका छन् ।

३२ वर्षीय बिटालुले प्रहार गरेको धारिलो हँसियाले लाग्दा २० वर्षीय सुनार गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते भएकी सुनारको उपचारका लागि प्युठान अस्पतालले बुटवल रिफर गरेको छ ।

घरायसी विषयमा झगडा भएको बेला सोमवार दिउँसो श्रीमानले श्रीमतीलाई हँसियाले प्रहार गरेका थिए । श्रीमतीलाई हँसिया प्रहार गरेपछि बिटालु पनि झुन्डिने प्रयास गरेका थिए । स्थानीयले डोरीमा झुन्डिएको अवस्थामा देखेपछि उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए ।

घाइते श्रीमतीको बुटवलमा उपचार भइरहेको छ । श्रीमानले पनि आत्महत्याको प्रयास गरेकाले प्रहरी नियन्त्रणमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले जानकारी दिएका छन् । घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरूको यसअघि पनि बेलाबेलामा झगडा भइरहने गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...