News Portal

रेडियो सुन्नुहोस्

श्रीमानले हँसिया प्रहार गर्दा श्रीमती गम्भीर घाइते

झुलेनी नेटवर्क२०८१ माघ १
७६२ पटक
२०८१ माघ १

आफ्नै श्रीमानले हँसियाले हिर्काउँदा प्यूठानमा एक महिला गम्भीर घाइते भएकी छिन ।

प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा गलङछङ निवासी विनोद बिटालुले श्रीमती ज्ञानी सुनारलाई कुटपिट सँगै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको स्थानीयवासी समेत रहेको पत्रकार मित्र थापाले जानकारी दिएका छन् ।

३२ वर्षीय बिटालुले प्रहार गरेको धारिलो हँसियाले लाग्दा २० वर्षीय सुनार गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते भएकी सुनारको उपचारका लागि प्युठान अस्पतालले बुटवल रिफर गरेको छ ।

घरायसी विषयमा झगडा भएको बेला सोमवार दिउँसो श्रीमानले श्रीमतीलाई हँसियाले प्रहार गरेका थिए । श्रीमतीलाई हँसिया प्रहार गरेपछि बिटालु पनि झुन्डिने प्रयास गरेका थिए । स्थानीयले डोरीमा झुन्डिएको अवस्थामा देखेपछि उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए ।

घाइते श्रीमतीको बुटवलमा उपचार भइरहेको छ । श्रीमानले पनि आत्महत्याको प्रयास गरेकाले प्रहरी नियन्त्रणमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले जानकारी दिएका छन् । घटना अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरूको यसअघि पनि बेलाबेलामा झगडा भइरहने गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...