News Portal

रेडियो सुन्नुहोस्

आगलागी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ माघ ५
६१४ पटक
२०८१ माघ ५

आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय समिति प्यूठानको सभा हलमा सम्पन्न भएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले गत वर्ष प्यूठानमा १ सय ६८ ठाउँमा आगलागी भएको बताउँदै आगलागीलाई यस वर्ष  नियन्त्रण र न्यूनिकरणका लागी जिल्लाका सबै वडाहरूमा  पुगी माघ महिना भित्रै वडाध्यक्षको संयोजकत्वमा आगलागी पूर्व तयारी जोखिम ,न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गर्ने बताइन ।  साथै उनले प्यूठान जिल्लामा ५८ दशमलव ७ प्रतिशत जमिन वनले ओगटेको र  गत वर्ष सबैभन्दा बढी आगलागी सरुमारानी गाउँपालिकामा भएको बताइन ।

जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा गरिएको उक्त कार्यक्रममा आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी , जोखिम न्यूनीकरण , तथा प्रतिकार्य कार्य योजना पारित र आगलागी नियन्त्रणका लागी जिल्लाका सम्पूर्ण निकायले आआफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले आफूले वन मन्त्रालयसँग सहकार्य गरी वन डढेलो नियन्त्रणको लगी महत्त्वपूर्ण बजेट बनाउने बताइन ।

कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले आगलागी नियन्त्रणमा जिल्लाका सबै निकाय एकसाथ भएर लाग्नुपर्ने बताए ।

त्यस्तै डिभिजन वन कार्यालय प्यूठानका प्रमुख धनिस्वर न्यौपानेले प्यूठान जिल्लामा ४ सय ५१ वटा सामुदायिक बन रहेको बताए । उनले गत वर्ष प्यूठान जिल्लामा आगलागीका घटना घटाउने ९ जना व्यक्तिहरूलाई कानुनी कारबाही भएको र अहिले मुद्दा चलिरहेको बताए । आगलागीका लगाउने व्यक्तिलाई ६० हजार जरिवाना र ३ वर्ष जेल  दुवै सजाय रहेको बताए ।

कार्यक्रममा सरुमारानी गाउँपालिकाका अध्यक्ष झक बहादुर विक, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह , झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा , मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का , माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी रोशन , एपीएफ् र नेपाल प्रहरी प्यूठानका प्रमुख, नेपाल विद्युत् प्राधिकरणका प्रमुख , नेपाल पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष , विभिन्न सामुदायिक वनका प्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।

जिल्लाका सबै सरोकारवालाहरूको उपस्थित रहेको कार्यक्रमलाई डिभिजन वन कार्यालय प्यूठान, बर्दबहादुर गण खलङ्गा प्यूठान , जिल्ला प्रहरी कार्यालय प्यूठान, सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानले समन्वय गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...