News Portal

रेडियो सुन्नुहोस्

आगलागी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ माघ ५
२५० पटक
२०८१ माघ ५

आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज जिल्ला समन्वय समिति प्यूठानको सभा हलमा सम्पन्न भएको छ ।

कार्यक्रमको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले गत वर्ष प्यूठानमा १ सय ६८ ठाउँमा आगलागी भएको बताउँदै आगलागीलाई यस वर्ष  नियन्त्रण र न्यूनिकरणका लागी जिल्लाका सबै वडाहरूमा  पुगी माघ महिना भित्रै वडाध्यक्षको संयोजकत्वमा आगलागी पूर्व तयारी जोखिम ,न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गर्ने बताइन ।  साथै उनले प्यूठान जिल्लामा ५८ दशमलव ७ प्रतिशत जमिन वनले ओगटेको र  गत वर्ष सबैभन्दा बढी आगलागी सरुमारानी गाउँपालिकामा भएको बताइन ।

जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा गरिएको उक्त कार्यक्रममा आगलागी नियन्त्रण सम्बन्धी पूर्व तयारी , जोखिम न्यूनीकरण , तथा प्रतिकार्य कार्य योजना पारित र आगलागी नियन्त्रणका लागी जिल्लाका सम्पूर्ण निकायले आआफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने गर्ने निर्णय गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले आफूले वन मन्त्रालयसँग सहकार्य गरी वन डढेलो नियन्त्रणको लगी महत्त्वपूर्ण बजेट बनाउने बताइन ।

कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले आगलागी नियन्त्रणमा जिल्लाका सबै निकाय एकसाथ भएर लाग्नुपर्ने बताए ।

त्यस्तै डिभिजन वन कार्यालय प्यूठानका प्रमुख धनिस्वर न्यौपानेले प्यूठान जिल्लामा ४ सय ५१ वटा सामुदायिक बन रहेको बताए । उनले गत वर्ष प्यूठान जिल्लामा आगलागीका घटना घटाउने ९ जना व्यक्तिहरूलाई कानुनी कारबाही भएको र अहिले मुद्दा चलिरहेको बताए । आगलागीका लगाउने व्यक्तिलाई ६० हजार जरिवाना र ३ वर्ष जेल  दुवै सजाय रहेको बताए ।

कार्यक्रममा सरुमारानी गाउँपालिकाका अध्यक्ष झक बहादुर विक, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह , झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा , मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का , माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी रोशन , एपीएफ् र नेपाल प्रहरी प्यूठानका प्रमुख, नेपाल विद्युत् प्राधिकरणका प्रमुख , नेपाल पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष , विभिन्न सामुदायिक वनका प्रतिनिधि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए ।

जिल्लाका सबै सरोकारवालाहरूको उपस्थित रहेको कार्यक्रमलाई डिभिजन वन कार्यालय प्यूठान, बर्दबहादुर गण खलङ्गा प्यूठान , जिल्ला प्रहरी कार्यालय प्यूठान, सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानले समन्वय गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...