News Portal

रेडियो सुन्नुहोस्

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

झुलेनी नेटवर्क२०८२ बैशाख ७
६९७ पटक
२०८२ बैशाख ७

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा संगठनका सदस्य प्यूठान नगरपालिका ५ ढुंगेठाटीका ओबीराम बुढाकी २९ वर्षीय छोरी रोशनी बुढाको उचारको लागि ११ हजार २ सय २० रुपैयाँ सहयोग गरेको हो ।

संगठनका सदस्यबाट संकलन गरेको रकम उनको उपचारका लागि प्यूठान नगरपालिका अध्यक्ष सिताराम केसी मार्फत हस्तान्तरण गरिएको संगठनले जनाएको छ। रोशनीको काठमाण्डौ स्थित मार्क इन्टरनेश्लन किड्नी सेन्टरमा उपचार भइरहेको छ ।

यसैबिच संगठनले प्रकाशन गरेको २०८२ सालको क्यालेन्डर आईतबार बिमोचन गरिएको छ । प्रदेश सांसद तुल्सीराम शर्माको प्रमुख आतिथ्यतामा प्यूठान नगरपालिका ४ नयाँबजारमा कार्यक्रम गरि बिमोचन गरिएको हो। नेपाल निजामती कर्मचारी संगठन प्यूठानका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब बसन्त प्रसाद पोख्रेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...