News Portal

रेडियो सुन्नुहोस्

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

झुलेनी नेटवर्क२०८२ बैशाख ७
८४९ पटक
२०८२ बैशाख ७

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।

संगठनको ३५ औँ स्थापना दिवसको अवसरमा संगठनका सदस्य प्यूठान नगरपालिका ५ ढुंगेठाटीका ओबीराम बुढाकी २९ वर्षीय छोरी रोशनी बुढाको उचारको लागि ११ हजार २ सय २० रुपैयाँ सहयोग गरेको हो ।

संगठनका सदस्यबाट संकलन गरेको रकम उनको उपचारका लागि प्यूठान नगरपालिका अध्यक्ष सिताराम केसी मार्फत हस्तान्तरण गरिएको संगठनले जनाएको छ। रोशनीको काठमाण्डौ स्थित मार्क इन्टरनेश्लन किड्नी सेन्टरमा उपचार भइरहेको छ ।

यसैबिच संगठनले प्रकाशन गरेको २०८२ सालको क्यालेन्डर आईतबार बिमोचन गरिएको छ । प्रदेश सांसद तुल्सीराम शर्माको प्रमुख आतिथ्यतामा प्यूठान नगरपालिका ४ नयाँबजारमा कार्यक्रम गरि बिमोचन गरिएको हो। नेपाल निजामती कर्मचारी संगठन प्यूठानका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब बसन्त प्रसाद पोख्रेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...