News Portal

रेडियो सुन्नुहोस्

मेयरलाई कालोमोविल लगाएको घटनाको विप्लव नेतृत्वको नेकपा प्यूठानले जिम्मा लियो

आफुमाथि लगाईएका आरोपहरु निराधार र तथ्यहिन रहेको मेयरको दावि

सिखबर संवाददातापौष २४, प्यूठान
२०२९ पटक
पौष २४, प्यूठान

प्यूठानको एक स्थानिय तहका मेयरलाई नेकपा प्यूठानले कालो मोविल लगाईदिएको छ। स्वर्गद्धारी नगरपालीका प्यूठानका मेयर नेत्र वहादुर रोकायलाई आफ्नो पार्टीले ‘कालोमोसो’ लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानका जिल्ला सेक्रेटरी डिल वहादुर घर्ति(अजय) ले वताए।

घटनाको विज्ञप्तीमार्फत उक्त पार्टीले जिम्मा लिएको छ। विज्ञप्तीमा वेनामि चेक काटी आफ्नो पार्टीको नाममा आर्थिक अनियमिता गरेको, उपभोत्ता समितिमा आफ्ना कार्यकर्ता राखि किर्ते विलभपाई वनाएको, आफन्तलाई कर्मचारी वनाएको लगायतका आरोप लगाईएको छ।

योजना शाखामा वसेर योजनाहरुको विषयमा छलफल गरिरहेका वेला नगरपालीका कार्यालयमा छिरेका तिन जनाले कारण विज्ञप्तिमार्फत थाहा पाउने भन्दै आफुलाई लक्षित गरि कालो मोविल प्रहार गरेको नगरपालीकाका मेयर रोकायले वताए। मेयर रोकायले आफुमाथि मोवोल खन्याएर दुव्र्यवहार गर्नेहरुले निराधार र तथ्यहिन आरोप लगाएको भन्दै कानुन अनुसार कारवाहि हुनुपर्ने वताए।

मेयरमाथि कालोमोसो दल्ने ३ जनाको पहिचान भैसकेको र खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डि.एस.पी. निर्मल वुढाथोकिले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...