News Portal

रेडियो सुन्नुहोस्

सडकमा प्यूठान न.पा.को प्रगतीः ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

मधुसुदन पोख्रेल२०८२ श्रावण ७
५६५ पटक
२०८२ श्रावण ७

प्यूठान नगरपालिकाले तीन वर्षको अवधिमा नगरपालिकाभित्र ५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । ३ वर्षको प्रगति सार्वजनिक गर्दै प्यूठान नगरपालिकाले यो अवधिमा ५.०८४ किलोमिटर सडक कालोपत्रे भएको बताएको हो । यो अवधिमा सडक ढलान १.६५१ किलोमिटर भएको आर्थिक विकास समितिका संयोजक सुमनराज श्रेष्ठले बताए ।

संघ र प्रदेश सरकारसंग र स्थानीय तहले प्रस्ताव गर्ने समपुरक योजनाबाट गरिएको कालोपत्रेलाई प्यूठान नगरपालिकाले एक वडा एक कालोपत्रे नाम दिएर गौरवको आयोजना भनेको छ । एक वडा एक कालोपत्रे नाम दिएर गौरवको आयोजना भनिएको संघिय र प्रदेश समपुरक योजनाले प्यूठान नगरपालिकाको वडा नम्बर ३, ६ र ८ लाई भने समेटेको छैन ।

आयोजना अन्तरगत वडा नं १ को चेरनेटा धाईरेचौर सालघारी सडकखण्डमा प्रदेश समपुरक अनुदानबाट ४ सय मिटर सडक कालोपत्रे भएको छ।

वडा नं २ मा मुख्य सडकबाट वडा कार्यालय हुँदै ईनारचौर जाने सडकमा प्रदेश समपुरक अनुदानमार्फत २ सय ९० मिटर सडक कालोपत्रे भएको छ।

वडा नं ४ मा बिजुवार पुल देखि थापडाडा जाने सडकमा प्रदेश समपुरक अनुदानबाट आर्थिक वर्ष २०७९/०८० मा ६ सय मिटर, २०८०/०८१ मा ५ सय ९७ मिटर र २०८१/०८२ मा ५ सय ७८ मिटर सडक कालोपत्रे भएको छ।

वडा नं ५ अन्तरगत टारी जुम्रीकाढा मोटरबाटोमा प्रदेश समपुरक अनुदान मार्फत २ सय १० मिटर कालोपत्रे भएको छ।

वडा नं ७ मा स्वर्गद्धारी क्याम्पस पाखाडेरा धरमपानि भित्रिकोट खण्डमा संघीय समपुरक अनुदान मार्फत ४ सय मिटर कालोपत्रे भएको छ ।

वडा नं ९ र १० जोडने मरन्ठाना चक्रपथमा संघीय समपुरक अनुदान मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ८ सय मिटर र २०८१/०८२ मा फरक फरक ठाउँमा गरि १ किलोमिटर ३ सय मिटर कालोपत्रे भएको छ।

प्रदेश र संघबाट आउने समपुरक अनुदानमा ५० प्रतिशत लागत रकम स्थानीय तहको साझेदारी रहेको नगरपालिकाका ईन्जिनियर प्रेम नारायण पौडेलले बताए ।

१ किलोमिटर पनि नपुगेका कालोपत्रेका टुक्रे योजना सञ्चालन गर्दा लागत धेरै हुने तर दिगो र परिणाम नदेखिने भन्दै एकठाउँको काम सम्पन्न गरेर अर्को ठाउँमा काम थाल्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

बुधबार प्यूठान नगरपालिकाले पत्रकार भेटघाट गरि तीन वर्षे अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ । न्यायिक समिति र पूर्वाधार विकास तर्फको प्रगति विवरण सार्वजनिक गरेको हो ।

न्यायिक समितिको प्रगति विवरण सार्वजनिक गर्दै उपमेयर देवेन्द्र वर्माले कतिपय मुद्धाहरु नगरपालिकाले देशभरकै नमुना रुपमा मेलमिलाप गराएको बताए । वर्माले सार्वजनिक गरेको प्रगति विवरणमा नगरपालिकामा हालसम्म १ सय ९६ विवद आएको जसमध्य १ सय ७० मेलमिलापमार्फत टुंगिएको, २ वटा फैसला गरिएको र २४ वटा प्रक्रियामा रहेको उल्लेख छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार प्यूठान नगरपालिकामा लैंगिक हिंसा र घरेलु हिंसाका विवाद ४० प्रतिशत रहेका छन् । सोहि आर्थिक वर्षमा नगरपालिकाले समुदाय र विद्यालय तहमा न्यायिक सचेतना कार्यक्रममा ९ सय १० जना सहभागि भएको वर्माले बताए ।

नगर प्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द राज घिमिरेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...