News Portal

रेडियो सुन्नुहोस्

सडकमा प्यूठान न.पा.को प्रगतीः ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

मधुसुदन पोख्रेल२०८२ श्रावण ७
७८५ पटक
२०८२ श्रावण ७

प्यूठान नगरपालिकाले तीन वर्षको अवधिमा नगरपालिकाभित्र ५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । ३ वर्षको प्रगति सार्वजनिक गर्दै प्यूठान नगरपालिकाले यो अवधिमा ५.०८४ किलोमिटर सडक कालोपत्रे भएको बताएको हो । यो अवधिमा सडक ढलान १.६५१ किलोमिटर भएको आर्थिक विकास समितिका संयोजक सुमनराज श्रेष्ठले बताए ।

संघ र प्रदेश सरकारसंग र स्थानीय तहले प्रस्ताव गर्ने समपुरक योजनाबाट गरिएको कालोपत्रेलाई प्यूठान नगरपालिकाले एक वडा एक कालोपत्रे नाम दिएर गौरवको आयोजना भनेको छ । एक वडा एक कालोपत्रे नाम दिएर गौरवको आयोजना भनिएको संघिय र प्रदेश समपुरक योजनाले प्यूठान नगरपालिकाको वडा नम्बर ३, ६ र ८ लाई भने समेटेको छैन ।

आयोजना अन्तरगत वडा नं १ को चेरनेटा धाईरेचौर सालघारी सडकखण्डमा प्रदेश समपुरक अनुदानबाट ४ सय मिटर सडक कालोपत्रे भएको छ।

वडा नं २ मा मुख्य सडकबाट वडा कार्यालय हुँदै ईनारचौर जाने सडकमा प्रदेश समपुरक अनुदानमार्फत २ सय ९० मिटर सडक कालोपत्रे भएको छ।

वडा नं ४ मा बिजुवार पुल देखि थापडाडा जाने सडकमा प्रदेश समपुरक अनुदानबाट आर्थिक वर्ष २०७९/०८० मा ६ सय मिटर, २०८०/०८१ मा ५ सय ९७ मिटर र २०८१/०८२ मा ५ सय ७८ मिटर सडक कालोपत्रे भएको छ।

वडा नं ५ अन्तरगत टारी जुम्रीकाढा मोटरबाटोमा प्रदेश समपुरक अनुदान मार्फत २ सय १० मिटर कालोपत्रे भएको छ।

वडा नं ७ मा स्वर्गद्धारी क्याम्पस पाखाडेरा धरमपानि भित्रिकोट खण्डमा संघीय समपुरक अनुदान मार्फत ४ सय मिटर कालोपत्रे भएको छ ।

वडा नं ९ र १० जोडने मरन्ठाना चक्रपथमा संघीय समपुरक अनुदान मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ८ सय मिटर र २०८१/०८२ मा फरक फरक ठाउँमा गरि १ किलोमिटर ३ सय मिटर कालोपत्रे भएको छ।

प्रदेश र संघबाट आउने समपुरक अनुदानमा ५० प्रतिशत लागत रकम स्थानीय तहको साझेदारी रहेको नगरपालिकाका ईन्जिनियर प्रेम नारायण पौडेलले बताए ।

१ किलोमिटर पनि नपुगेका कालोपत्रेका टुक्रे योजना सञ्चालन गर्दा लागत धेरै हुने तर दिगो र परिणाम नदेखिने भन्दै एकठाउँको काम सम्पन्न गरेर अर्को ठाउँमा काम थाल्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

बुधबार प्यूठान नगरपालिकाले पत्रकार भेटघाट गरि तीन वर्षे अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ । न्यायिक समिति र पूर्वाधार विकास तर्फको प्रगति विवरण सार्वजनिक गरेको हो ।

न्यायिक समितिको प्रगति विवरण सार्वजनिक गर्दै उपमेयर देवेन्द्र वर्माले कतिपय मुद्धाहरु नगरपालिकाले देशभरकै नमुना रुपमा मेलमिलाप गराएको बताए । वर्माले सार्वजनिक गरेको प्रगति विवरणमा नगरपालिकामा हालसम्म १ सय ९६ विवद आएको जसमध्य १ सय ७० मेलमिलापमार्फत टुंगिएको, २ वटा फैसला गरिएको र २४ वटा प्रक्रियामा रहेको उल्लेख छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार प्यूठान नगरपालिकामा लैंगिक हिंसा र घरेलु हिंसाका विवाद ४० प्रतिशत रहेका छन् । सोहि आर्थिक वर्षमा नगरपालिकाले समुदाय र विद्यालय तहमा न्यायिक सचेतना कार्यक्रममा ९ सय १० जना सहभागि भएको वर्माले बताए ।

नगर प्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द राज घिमिरेले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...