News Portal

रेडियो सुन्नुहोस्

पङ्गेनीको तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

झुलेनी नेटवर्क२०८२ श्रावण २६
१४९६ पटक
२०८२ श्रावण २६

नेपाल सरकारको सहसचिव समेत रहेकी कलाकार मनमाया पङ्गेनीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

गत वर्षको गलबन्दी म्युजिक अवार्ड विजेता पङ्गेनीको शब्द र स्वरमा रहेको ‘तीजको लहर आयो गाउँ सहर’ बोलको गीत सार्वजनिक भएको हो ।

दीपकराज विश्वकर्माले स्वर र सङ्गीतमा साथ दिएको उक्त गीतको भिडियोमा मनमाया पङ्गेनी र शिव पङ्गेनी अभिनयको मुख्य भूमिकामा रहेका छन् ।

तीजको मौलिक संस्कृति, वैदेशिक रोजगारीको बाध्यता, विदेश भएका आफन्तको सम्झना, रित्तिनै गएको गाउँको अवस्था, दुःखको समयमा गाउँमा आफन्त नहुनुको पिडा र चेलीको माइती प्रतिको प्रेम गीतमा समेटिएको छ ।

पङ्गेनीको स्वरमा यसअघि तिम्रो मायाको सागर, मेरा सबै खुसी लग्यो, स्वर्गजस्तो यो धर्तीलाई, सप्तरङ्गी फूल हौ तिमी लगायतका गीतहरू बजारमा आइसकेका छन् । उनका गीतहरू मनमाया पङ्गेनी युटुव च्यानलमा उपलब्ध रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...