


नेपाल सरकारको सहसचिव समेत रहेकी कलाकार मनमाया पङ्गेनीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
गत वर्षको गलबन्दी म्युजिक अवार्ड विजेता पङ्गेनीको शब्द र स्वरमा रहेको ‘तीजको लहर आयो गाउँ सहर’ बोलको गीत सार्वजनिक भएको हो ।
दीपकराज विश्वकर्माले स्वर र सङ्गीतमा साथ दिएको उक्त गीतको भिडियोमा मनमाया पङ्गेनी र शिव पङ्गेनी अभिनयको मुख्य भूमिकामा रहेका छन् ।
तीजको मौलिक संस्कृति, वैदेशिक रोजगारीको बाध्यता, विदेश भएका आफन्तको सम्झना, रित्तिनै गएको गाउँको अवस्था, दुःखको समयमा गाउँमा आफन्त नहुनुको पिडा र चेलीको माइती प्रतिको प्रेम गीतमा समेटिएको छ ।
पङ्गेनीको स्वरमा यसअघि तिम्रो मायाको सागर, मेरा सबै खुसी लग्यो, स्वर्गजस्तो यो धर्तीलाई, सप्तरङ्गी फूल हौ तिमी लगायतका गीतहरू बजारमा आइसकेका छन् । उनका गीतहरू मनमाया पङ्गेनी युटुव च्यानलमा उपलब्ध रहेका छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

