News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी भ्रमण वर्षको उद्घाटन संगै स्वर्गद्धारी माडि महोत्सव सुरु

सिखबर संवाददाता१८ माघ, प्यूठान
२१९१ पटक
१८ माघ, प्यूठान

प्रथम स्वर्गद्धारी भ्रमण वर्ष तथा स्वर्गद्धारी माडि महोत्सवको सुक्रवार  प्रदेश नं ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले उद्घाटन गरेका छन्।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्रि पोख्रेलले प्रदेश नं ५ का प्रमुख धार्मिक पर्यटकिय स्थलहरु गौतमवुद्धको जन्मस्थल लुम्विनि, पवित्र धाम स्वर्गद्धारी र मुक्तिनाथलाई जोडेर एकिकृत पर्यटन विकास गरिने वताए। “पर्यटनको एकिकृत विकास गरी अगाडि वढ्नुपर्छ” मुख्यमन्त्रि पोख्रेलले भने- “लुम्विनि आएका पर्यटकलाई स्वर्गद्धारी हुदै मुक्तिनाथसम्म पुग्ने वातावरणका लागि आवश्यक योजना निर्माण गर्ने सोचमा छौं।”

उद्घाटन कार्यक्रममा प्रदेस सांसदहरु कृष्णध्वज खड्का, हरि रिजाल पुर्व अर्थराज्यमन्त्रि उदयसमसेर राणा स्थानिय तहका प्रमुख लगायतले मन्तव्य राख्दै स्वर्गद्धारी प्यूठानको मात्र नभएर ५ नंम्वर प्रदेशको विकासका लागि महत्वपुर्ण धार्मिक गन्तव्य रहेकाले यसको विकासमा सवैको ध्यान केन्द्रित रहेको वताए।

माडि क्षेत्रको महिलो महोत्सवको उद्घाटनमा गाँउ गाँउवाट मौलिक झाँकि र विभिन्न साँस्कृतीक प्रस्तुतिहरु ल्यईएको थियो। स्वर्गद्धारी संचार गृहको आयोजना र स्वर्गद्धारी नगरपालीकाको संरक्षकत्वमा संचालित महोत्सव १० दिनसम्म चल्नेछ।

महोत्सवको उद्घाटन सत्रमा स्वर्गद्धारी माडि महोत्सवमा आएका अथितीहरुलाई स्वागत गर्दै स्वर्गद्धारी नगरपालीकाका मेयर नेत्र वहादुर रोकायले भने- “तपोभुमि स्वर्गद्धारीको विकासका लागि पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्दद्ध भन्ने स्थानिय सरकारको धारणा छ। हामिले स्वर्गद्धारी क्षेत्रको दिगो विकासका लागि प्रदेस सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छौं।”

महोत्सवमा स्थानिय उत्पादन, कृषि र लघुउद्यमिलाई विशेष प्राथमिकता दिईएको आयोजकले जनाएको छ। आयोजकले महोत्सववाट स्वर्गद्धारीको पर्यटन प्रवद्र्धन र माडि क्षेत्रको विकासका लागि महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरेको ग्रुमका अध्यक्ष सिटी पोख्रेलले वताए।

दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न राष्टिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति संगसंगै स्थानिय संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...