News Portal

रेडियो सुन्नुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

बाेम बहादुर परियार२०८२ असोज २३
७९७ पटक
२०८२ असोज २३

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसका रूपमा विविध कार्यक्रम आयोजना गरी विश्वभर नै मनाउने गरिन्छ। दिवसका अवसरमा बिहीवार आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जिल्लाका सुरक्षकर्मी (नेपाल प्रहरी) र पत्रकारको निःशुल्क आँखा परिक्षण गरेको छ।

“आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ जनताहरुको सेवामा खट्ने नेपाल प्रहरी र जनतालाई सुचना दिएर सुसुचित गर्ने पत्रकारहरुको निःशुल्क आँखा जाँच गरी चस्मा समेत प्रदान गरेको आँखा अस्पतालले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी र प्यूठान जिल्लाका पत्रकारहरु गरी ४० जनाको आँखा जाँच गरिएको थियो । उनीहरुमा टाढा र नजिक नदेख्ने समस्या (दृष्टिदोष), आँखाको एलर्जी लगायतको समस्या रहेको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिईन ।

कार्यक्रममा नरेन्द्र गायत्री आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले आम नागरिकहरुले ६/६ महिनामा आँखाको जाँच गर्न आवश्यक रहेको बताए।

त्यस्तै पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले सामाजिक उत्तरदायित्व बहनको क्षेत्रमा आँखा अस्पतालले महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ प्यूठान र इलाका प्रहरी कार्यालय बिजुवारले समन्वय गरेको कार्यक्रमको सञ्चालन आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य भगत कर्माचार्यले गरेको थिए । कार्यक्रममा अस्पतालका निवर्तमान अध्यक्ष केशव कर्माचार्यले स्वागत मन्तव्य राखेका थिए।विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०५० सम्म विश्वका करिब ५० प्रतिशत मानिसमा दृष्टिदोषको समस्या देखिन सक्ने अनुमान गरिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...