News Portal

रेडियो सुन्नुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

झुलेनी नेटवर्क२०८३ जेठ १५
७२ पटक
२०८३ जेठ १५

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका १ सालघारी गाउँ कालोपत्रे सडकसंग जोडिन लागेको छ ।

प्यूठान नगरपालिकाबाट प्रदेश समपुरक अनुदान अन्तरगत २ करोड ६० लाखमा कालोपत्रे भईरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७० लाख, २०८१/०८२ मा ७० लाख र ०८२/०८३ मा १ करोड २० लाखको काम भएको प्यूठान नगरपालिकाका प्राविधिक अधिकृत दिनेश केसीले बताए । उनका अनुसार अव कालोपत्रे सडक सालघारी बस्तिमा पुग्न १ किलोमिटर दुरी बाँकी छ ।

उक्त सडकमा सडक डिभिजन मार्फत पनि संरचना निर्माणको काम भएको छ । एक वडा एक कालोपत्रे कार्यक्रम अन्तरगत वडा नं. १ को चेरनेटा सालघारी सडक कालोपत्रे भएको प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए ।

नगरपालिकाद्वारा कालोपत्रेकोे अनुगमनः
सडकको कालोपत्रे कार्यको अवस्था र गुणस्तरका विषयमा नगरपालिकाले अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुषाल, प्रवक्ता सुमनराज श्रेष्ठ, वडाअध्यक्ष साधना राउत, कार्यपालिका सदस्य सुनिल सापकोटा, प्रशासकीय अधिकृत चन्द्र बहादुर जिसी, प्राविधिक अधिकृत दिनेश केसि सहितको टोलिले अनुगमन गरेको छ । भौतिक पूर्वाधार योजनाको अनुगमनलाई थप ब्यवस्थित गरिएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...