News Portal

रेडियो सुन्नुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

झुलेनी नेटवर्क२०८३ जेठ १५
५४३ पटक
२०८३ जेठ १५

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका १ सालघारी गाउँ कालोपत्रे सडकसंग जोडिन लागेको छ ।

प्यूठान नगरपालिकाबाट प्रदेश समपुरक अनुदान अन्तरगत २ करोड ६० लाखमा कालोपत्रे भईरहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७० लाख, २०८१/०८२ मा ७० लाख र ०८२/०८३ मा १ करोड २० लाखको काम भएको प्यूठान नगरपालिकाका प्राविधिक अधिकृत दिनेश केसीले बताए । उनका अनुसार अव कालोपत्रे सडक सालघारी बस्तिमा पुग्न १ किलोमिटर दुरी बाँकी छ ।

उक्त सडकमा सडक डिभिजन मार्फत पनि संरचना निर्माणको काम भएको छ । एक वडा एक कालोपत्रे कार्यक्रम अन्तरगत वडा नं. १ को चेरनेटा सालघारी सडक कालोपत्रे भएको प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले बताए ।

नगरपालिकाद्वारा कालोपत्रेकोे अनुगमनः
सडकको कालोपत्रे कार्यको अवस्था र गुणस्तरका विषयमा नगरपालिकाले अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुषाल, प्रवक्ता सुमनराज श्रेष्ठ, वडाअध्यक्ष साधना राउत, कार्यपालिका सदस्य सुनिल सापकोटा, प्रशासकीय अधिकृत चन्द्र बहादुर जिसी, प्राविधिक अधिकृत दिनेश केसि सहितको टोलिले अनुगमन गरेको छ । भौतिक पूर्वाधार योजनाको अनुगमनलाई थप ब्यवस्थित गरिएको प्रमुख प्रशासकीय अधिकृत भुषालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...