News Portal

रेडियो सुन्नुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

झुलेनी नेटवर्क२०८३ साउन २१ गते
१९३ पटक
२०८३ साउन २१ गते

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका प्यूठानका किसानहरू समस्यामा परेका छन् । वर्षभरि पसिना बगाएर उब्जाएको बाली घर भित्र्याउने बेलामा जङ्गली जनावरले सखाप पारिदिन थालेपछि स्थानीय किसानहरू गम्भीर समस्यामा परेका छन् । बालीनालीको सुरक्षा गर्न नसकिने अवस्था आएपछि कतिपय किसान त वर्षौँदेखि बसोबास गर्दै आएको थातथलो नै छाडेर विस्थापित हुने स्थितिमा पुगेकोको गुनासो गर्छन ।

प्यूठान नगरपालिका वडा नम्बर ६ नेपानेका किसान महेश भण्डारीले जंगली जनावरका कारण गाउँमा खेतीपाती गरेर गुजारा चलाउन समस्यमा परेको बताए । उनले जङ्गली जनावरका कारण बाली मात्र होइन, गाउँमै बसोबास गर्न धौ–धौ परेको उनी बताउँछन्। भण्डारी भन्छन्, “रात परेपछि बँदेल र दुम्सी खेतबारीमा छिर्छन्। उनीहरूले बाली खानु त कता हो कता, उखेलेर र गोडेर भताभुङ्ग पारिदिन्छन्। दिनभरिको थकानपछि राति निदाउन पाइँदैन, बाली जोगाउन गस्ती गर्नुपर्छ।“ रातिको समयमा आउने बदेल र दुम्सीले धान फलेर कोसा लाग्न थालेको मकै (बाली सखाप पार्ने) काम गरेपछि बिहानको समयमा फेरि बाँदरको हुल आइपुग्छ । दिउँसोको समयमा सयौँको सङ्ख्यामा आउने बाँदरले बालीनाली सोत्तर पार्ने गरेको उनको गुनासो छ ।

यो समस्या प्यूठान नगरपालिकामा मात्र सीमित छैन । जिल्लामा सबै ९ वटै स्थानीय तहमा छ । नौबहिनी गाउँपालिका वडा नम्बर ५ का किसानहरूको अवस्था पनि उस्तै दर्दनाक छ । वर्षौँदेखि अपनाउँदै आएका परम्परागत उपायहरू—जस्तै ढोल बजाउने, टिन ठटाउने सीपहरूले अहिले काम गर्न छाडेका छन्। जङ्गली जनावरहरू यी उपायहरूसँग अभ्यस्त भइसकेकाले नियन्त्रण बाहिर गएको उनीहरुको भनाइ छ ।

 

 

स्थानीय किसान हर्कबहादुर पुन अनुसार परम्परागत उपाय निष्प्रभावी बनेपछि बाध्य भएर वडाअध्यक्ष मार्फत गाउँपालिकाको गुहार मागेका छन् । “हामीले वर्षौँदेखि प्रयोग गर्दै आएका जङ्गली जनावर भगाउने उपायहरू अब काम नलाग्ने भए,“ पुनले भने, “किसान एक्लैको प्रयासले मात्र यो समस्या समाधान हुन सक्दैन। त्यसैले रोकथामका लागि वडा कार्यालय र गाउँपालिकामा माग गरेका छौ । स्थानीय किसानहरुले जंगली जनावरले सताएर रोकथामको लागि माग गरेको नौहिनी गाउँपालिका ५ का वडाध्यक्ष दलराज पुनले बताए ।

जङ्गली जनावरको आतङ्कका कारण प्यूठानका धेरैजसो गाउँमा खेतबारी बाँझो छाड्ने क्रम तीव्र रूपमा बढेको छ । मेहनत अनुसारको फल नपाइने र भित्र्याउने बेलाको बाली एकै रातमा नष्ट हुने भएपछि धेरै किसान कृषि पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् । विशेष गरी मकै, धान, गहुँ, तरकारी र फलफूल खेतीमा जनावरले ठूलो क्षति पु¥याएका छन्। यसले स्थानीय स्तरमा खाद्य सुरक्षामै गम्भीर असर पार्ने थालेको छ ।

पीडित किसानहरूले स्थानीय सरकार, प्रदेश सरकार र सम्बद्ध निकायसँग तत्काल राहत र दीर्घकालीन समाधानको माग गरेका छन्। किसानहरूका अनुसार केवल आश्वासन मात्र नभई तारबार (सोधभर्ना वा सोलार फेन्सिङ), उचित क्षतिपूर्ति, र जङ्गली जनावर व्यवस्थापनको ठोस नीति ल्याउनु आवश्यक छ । यदि समयमै स्थानीय सरकार र सरोकारवाला निकायले यस विषयमा गम्भीरता नदेखाउने हो भने प्यूठानका ग्रामीण भेगबाट कृषि पेसा पूर्ण रूपमा धरापमा पर्ने र बसाइँसराईको दर अझै बढ्ने नेपाल पत्रकार महासंघ प्यूठानका पूर्वअध्यक्ष शुशिल पोख्रेलले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...