News Portal

रेडियो सुन्नुहोस्

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

झुलेनी नेटवर्क२०८३ कार्तिक २२
१४ पटक
२०८३ कार्तिक २२

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपाले आफ्नो पार्टीको संगठन विस्तार, सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित शनिबार अभियानको उद्घाटन गरिएको हो ।

झिमरुक गाउँपालिका–५ मच्छीस्थित पार्टीको गाउँपालिका कमिटी कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै महतरा क्षेत्रीले जागरण अभियानको सुरुवात आफैंबाट गर्नुपर्ने बताए ।
‘यो अभियानमा हामीले सबैभन्दा पहिले आफैंलाई जागृत बनाउनुपर्छ,’ उनले भने, ‘जनताको घरदैलोमा पुगेर आफ्ना गल्ती र कमजोरीको आत्मसमीक्षा गर्ने, सच्चिने र संगठनलाई बलियो बनाउँदै अघि बढ्ने बेला आएको छ ।’

अभियानका क्रममा विभिन्न वडा तथा पालिकास्तरीय भेला आयोजना गर्ने, पार्टीको संगठन विस्तार र सुदृढीकरण गर्ने तथा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकता दिइने गाउँपालिका कमिटीले जनाएको छ ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मिलन एमसी, केन्द्रीय सल्लाहकार कमिटी सदस्य श्रीकृष्ण रिजाल, लुम्बिनी प्रदेश कमिटी सदस्य तुलस बस्नेत, बसन्तराज पोख्रेललगायत वडा तथा पालिका कमिटीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीका संयोजक झकबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम पुनले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...